सबैजसो बैंकहरुले आव २०७५—०७६ मा खुुद मुनाफा बढाए

- August 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, बाँणिज्य बैंकहरुको नाफामा व्यापक सुधार भएको छ । नेपाली बैंकिङ क्षेत्रमा २८ वटा बाँणिज्य बैंकहरुले बित्तीय कारोवार सञ्चालन गर्दै आएको एकाध बाहेक सबैजसो बैंकहरुले आव २०७५—०७६ मा खुुद मुनाफा बढाएका छन ।

यसरी खुद मुनाफा बढाउने बैंकहरु मध्येमा सरकारी स्वामित्वको राष्ट्रिय बाँणिज्य बैंक पहिलो नम्वरमा परेको छ ।

चुक्ता पुंजी नौ अर्ब ४७ लाख ९७ हजार रुपैयाँ राष्ट्रिय बाँणिज्य बैंकले गत आवमा पाँच अर्ब ३३ करोड ४८ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले सो अवधिमा एक खर्ब ८९ अर्ब ९१ कारेड ६९ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४४ अर्ब ४५ करोड ४६ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

नबिल बैकले पनि गत आवमा चार अर्ब २९ करोड ४१ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा नबिलको यस्तो नाफा नाफा तीन अर्ब ९८ करोड १८ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।

माछापुच्छ्रे बैंकले पनि गत आवमा एक अर्ब ७० करोड ३५ लाख ७५ हजार तीन सय पाँच रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो मुनाफा अघिल्लो आवको तुुलनामा ३६ प्रतिसतले बढी हो ।

अघिल्लो आवमा भने बैंकको यस्तो मुनाफा एक अर्ब २४ करोड ९६ लाख ८८ हजार तीन सय १६ रुपैयाँ रहेको थियो ।

यसैगरी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पनि गत आवमा एक अर्ब ४८ करोड ८४ लाख २४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको आवमा बैंकको यस्तो मुनाफा एक अर्ब २३ करोड ४१ लाख चार हजार रुपैयाँ रहेको थियो ।

प्रभुु बैंकले पनि आव २०७५ —०७६ मा चार अर्ब ५६ करोड ९३ लाख २४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकोमा दुुई अर्ब पाँच करोड पाँच लाख ६४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आवमा भने बैंकले दुुई अर्ब ८१ करोड ८० लाख तीन हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकोमा ९६ करोड ७० लाख ३५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

सानिमा बैंकले पनि गत आवमा दुुई अर्ब २४ करोड ३३ लाख ८९ हजार रुपैयाँ खुुद मुुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब ६९ करोड ७५ लाख तीन हजार रुपैयाँ रहेको थियो ।

ग्लोवल आईएमई बैंकले आव २०७५—०७६ मा दुुई अर्ब ७९ करोड ५२ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैकले दुुई अर्ब १० करोड १३ लाख ६३ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको थियो ।

नेपाल एसबिआई बैंकले पनि गत आवमा दुुई अर्ब ३० करोड ३६ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैकले दुुई अर्ब दुुई करोड ३५ लाख ११ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको थियो ।

यसैगरी एभरेष्ट बैंकले आर्थिक बर्ष २०७५—०७६ मा तीन अर्ब चार करोड ६१ लाख नौ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा दुुई अर्ब ५८ करोड १६ लाख ८२ हजार रुपैयाँ रहेको थियो । 

नेपाल बैंकले पनि गत आवमा दुुई अर्ब ६१ करोड १९ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो मुनाफा बैंकको अघिल्लो आवको तुुलनामा १८ दसमलव ७७ प्रतिसतले कम हो ।

सिद्धार्थ बैंकले आर्थिक बर्ष २०७५—०७६ मा दुुई अर्ब तीन करोड ८८ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब ९० करोड ४० लाख ६२ हजार रुपैयाँ रहेको थियो । कुमारी बैकले आर्थिक बर्ष २०७५—०७६ मा एक अर्ब ३३ करोड ४० लाख ४६ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा कुुमारीको यस्तो नाफा एक अर्ब चार करोड १८ लाख ९३ हजार रुपैैयाँ रहेको थियो । कृषि बिकास बैंकले खुुद मुनाफा बढाएको छ ।

अघिल्लो आवमा तीन अर्ब ६५ करोड ३५ लाख १९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकको नाफा १९ दसमलव १५ प्रतिसतले बढेर आव २०७५—०७६ मा चार अर्ब ३५ करोड ३२ लाख ४७ हजार रुपैयाँ पुुगेको छ । यस अवधिमा बैकको बितरणयोग्य नाफा भने तीन अर्ब ३१ करोड १३ लाख ४८ हजार रुपैयाँ रहेको छ । 

लक्ष्मी बैंकले आर्थिक बर्ष २०७५—०७६ मा एक अर्ब ५७ करोड ६० लाख रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा एक अर्ब १८ करोड १० लाख ९१ हजार रुपैयाँ रहेको थियो ।

बैंक अफ काठमाण्डू लिमिटेड (बिओके) ले आर्थिक बर्ष २०७५—०७६ मा एक अर्ब ९३ करोड ८२ लाख २० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ३२ करोड ११ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।

मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ को अन्त्यसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको बैंकले यस आर्थिक वर्षमा रु. ४० करोड १९ लाख रुपैयाँ मुनाफा वृद्वि गर्न सफल भएको छ ।

स्टान्र्डड चार्टड बैकले आर्थिक बर्ष २०७५—०७६ मा दुई अर्ब ४९ करोड ५३ लाख ६० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा दुुई अर्ब १८ करोड ९८ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।

नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) को नाफा बढेको छ । बैंकले आव २०७५—०७६ मा एक अर्ब ५२ करोड ६८ लाख २४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो मुनाफा बैंकको अघिल्लो आवको तुुलनामा १३ दसमलव ८१ प्रतिसतले बढी हो । अघिल्लो आवमा बैंकको यस्तो नाफा एक अर्ब ३४ करोड १५ लाख १६ हजार रुपैैयाँ रहेको थियो ।

यसैगरी सनराईज बैंकले पनि गत आवमा एक अर्ब ७० करोड रुपैयाँ ७० लाख ३८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ४७ करोड ६९ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।

हिमालयन, एनएमबी, प्राइम नेपाल बंगलादेश र जनता बैंकले पनि नाफा बढाएका छन ।  हिमालयन बैंकले ५१ प्रतिशतले नाफा बढाएको छ । बैंकले दुई अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेको हो ।

अघिल्लो वर्ष एक अर्ब ८७ करोड रुपैयाँ थियो । एनएमबी बैंकले २४ प्रतिशतले नाफा बढाएको छ । बैंकले दुई अर्ब ३१ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष एक अर्ब ८० करोड रुपैयाँ नाफा गरेको थियो ।

प्राइम बैंकले गत आर्थिक वर्षमा ३७ प्रतिशतले नाफा बढाएको छ । बैंकले दुई अर्ब ३६ करोड रुपैयाँ नाफा गरेको हो । अघिल्लो वर्ष एक अर्ब ७२ करोड रुपैयाँ थियो ।

नेपाल बंगलादेश बैंकले ४१ दशमलब ५६ प्रतिशतले नाफा बढाएको छ । असार मसान्तसम्ममा एक अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष एक अर्ब १४ करोड रुपैयाँ थियो ।

जनता बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो एक अर्ब रुपैयाँ थियो । यि बाहेकका अन्य बैंकहरुले पनि नाफा बढाएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!