मिरा गिरीको तीज गीत ‘आमा बिनाको माइती’ सार्वजनिक (भिडियो सहित)

- August 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

समीर नेपाल, काठमाडौं । लोक दोहोरी क्षेत्रमा लामो समय देखि संघर्ष गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका मिरा गिरीले यस बर्षको तीजमा आफ्नो दर्शक स्रोताको लागि “आमा बिनाको माइती”  नामक तीज गीत लिएर आएकी छिन् ।

आमा बिनाको माइती’ नामक यो गीत अन्य तीज गीत भन्दा भिन्न छ  एउटा विवाहित चेलीको वेदनालाई समेटिएको गीत हो । माइतीघरमा जन्मदिने आमा, बुबा नहुदा दाजुभाइले पनि सम्झन छोड्छन् उदाहरणका साथ यो गीत निर्माण भएको छ ।

यो गीतमा रमेश परियारको शब्द र सुमन परियारको लय रहेको छ मिरा गिरी र सुमन परियारकै स्वर रहेको यो गितलाई उदिराम खड्काले निर्देशन गरेका छन् ।

मिराज अर्यालको छायाँकन रहेको यो गीतमा विर्मा खड्काको मेकअप र विवेक खड्काको सम्पादन रहेको छ । यस गीतलाई बिसौनी क्रियशनको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!