पुडासैनी आत्महत्या प्रकरण : अनुसन्धान ब्युरो सीआईबीको टोली चितवनमा

- August 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल प्रहरीले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली चितवन पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान गरिरहेका बेला सीआईबीको टोली पनि चितवन पुगेको हो । प्रहरी महानिरीक्षक मातहत रहने सीआईबीले जघन्य प्रकृतिका अपराध अनुसन्धान गर्ने गर्छ ।

सीआईबीबाट प्रहरी उपरीक्षक (एसपी) दिपक रेग्मी नेतृत्वको टोली गएको छ । स्रोतका अनुसार, पुडासैनीको मोबाइलमा भिडियोसँगै थप केही ‘प्रमाण’ पनि भेटिएको छ, जुन विषयमा अनुसन्धान गर्न प्रहरीभित्र छलफल भएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!