तारा राना मगर र राधिका ढकालको रामेछाप सिन्धुली गीत(भिडियो सहित)

- August 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका लागी नयाँ गायक हुन् तारा राना मगर । सिन्धुली जिल्लाको मरिण गाउँपालिका वडा नं. १ खलंगा पोखरी निवासी गायक मगरले गायिका राधिका ढकालसँग मिलेर मोडल आरुषी मगर र सञ्जिव ठकुरीलाई सिन्धुली पुर्याएका छन् ।

उनले साँच्चीकै उनीहरुलाई सिन्धुली पुर्याएको नभई उनको गीतको बोल नै रामेछाप सिन्धुली रहेको छ ।लोक दोहोरी शैलीको रामछाप सिन्धुली बोलको गीतमा भिमसेन खतिवडाको शब्द तथा संगीत रहेको छ भने विष्णु तामाङको संगीत संयोजन रहेको छ ।

भिडियोमा आरुषी मगर, सञ्जिव ठकुरी र रवि मगरको रोमाञ्चक अभिनय र नृत्य गरेका छन् । रामेश्वर जिरेलको छायाँकन, जिसन ठटाल र रोजीना महर्जनको कोरियोग्राफी, सुमन तामाङको कलर र तेन्जी लामाको निर्देशन तथा सम्पादन रहेको छ ।

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!