आँखा जँचाउन गएकी अशक्त युवतीको डाक्टरले बक्षस्थल हुँदै तलतल…

- August 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । ललितपुरको कुपण्डोल स्थित एक आँखा क्लिनिकमा जँचाउन २४ वर्षीय एक युवती पुगिन् । लामो समय सरकारी अस्पतालमा आँखाको उपचार गरेर विशेषज्ञ कहलिएका एक डाक्टरले ती युवतीको आँखा जाँच्न थाले । डाक्टरले युवतीलाई ‘अक्युप्रेसर’ विधिबाट आँखा जाँच्नुपर्ने बताए । आँखाको रेटिनाको कनेक्सन शरीरका विभिन्न भागमा हुने भन्दै उनले किशोरीको वक्षस्थलमा हात पुर्‍याए । उपचारका लागि वक्षस्थलको पनि जाँच गर्न आवश्यक होला भन्ने युवतीले ठानिन् ।

एलोपेथिका ती डाक्टरले ‘अक्युप्रेसर’ विधि भन्दै हात लम्काउँदै गए । युवतीले पत्याउँदै गइन् । वक्षस्थलबाट तलतल डाक्टरको हात सर्दै गयो । युवतीले अनौठो उपचार र परीक्षण विधिबारे परिवारलाई सुनाइन् । त्यसपछि प्रहरीमा उजुरी पर्‍यो । प्रहरीले बुधबार ती ६२ वर्षीय डाक्टरलाई पक्राउ गर्‍यो । ती डाक्टर व्हिलचेयरको सहारामा हिँड्छन् । उनको शरीरको कम्मरभन्दा तलको भाग चल्दैन ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (डिएसपी) नारायण चिमरियाका अनुसार शारीरिक अस्वस्थताका कारण कम्मर तलको भाग नचल्ने अवस्थामा रहेका ती डाक्टर विरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ । ‘योनीमा औंलाको पेनिट्रेसन गराउँदा जबर्जस्ती करणी गरेको ठहर्छ’, डिएसपी चिमरियाले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’ साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!