चण्डी पड्केपछि महासंघमा हल्लिचल्ली

- August 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

लेखक

जव नियम कानुन र समाजका साथै अन्य सवै क्षेत्रलाई बेवास्ता गर्दै कोही मानिस अगाडी हिड्छ भने उसले आफ्नो लागी जुनसुकै हर्कत गर्न पनि पछि पर्दैन भन्ने पुष्टी व्यवसायीहरुको संस्थामा भएको छ । देशको कानुन अनुसार स्थापना भएका कुनै पनि संघसस्था, उद्योग, कलकारखाना लगायत संघसंगठनको नेतृत्व लिएकाहरुले विद्यमान कानुन र संघसंगठन चलाउन बनाएको आचारसंहिता (विधान) लाई नै लत्याउदै व्यक्तीगत स्वार्थ पुरा गर्न लाग्ने समुहले आफु बाँचेर अरुलाई मरेतुल्य बनाउने कामले प्राथमिकता पाएको छ । व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघका बर्तमान कार्यसमितिका केही प्रतिनिधिहरुको गैरकानुनी कार्य र संस्थाभित्र भएको अनियमिकता बाहिर आएपछि र आप्mनो इच्छा पुरा नहुने देखेपछि रातारात विधानलाई नै परिमार्जन गर्ने गरी कार्यसमितिकै सदस्य तथा पूर्वअध्यक्ष समेत भएका व्यक्ति दिनरात लागीपरेपछि महासंघमा चण्डी नाच नै चलेको छ त्यो चण्डी नाच कुनै धर्मसम्बन्धी नाच भने पक्कै हैन ।
बैंकको कालोसूचीमा नाम भएका र आफुलाई उच्च व्यवसायीको दर्जामा रहेको हुँकार गर्दै विद्यमान संस्थाको बिधानलाई समेत अपव्याख्य गरी संस्थाको अध्यक्ष भई सकेपछि पुनः बरिष्ठ सदस्य भन्दै कार्यसमितिमा चयन भएर चण्डी नाच देखाउदै आएका महासंघका पुर्वअध्यक्ष चण्डीराज ढकाल र सोही चण्डी नाचमा मख्ख भएर लैबरी लै गाउदै आएकी महासंघकै अध्यक्ष भबानी राणाले अधिकाशं सदस्यहरुको हित विपरित कार्य गरेको र संस्थामा व्यापक अनियमिकता गरेको भने पनि महासंघको बैठकमै झण्डै हात हालाहालको अबस्थामा पुगेको थियो ।
महासंघभित्र शक्ति र पदको दुरुपयोग गर्दै आप्mनो स्वार्थअनुसारको निर्णय गर्ने र आम व्यवसायीको हकहितका सम्बन्धमा कुनै काम नगरेको भन्दै चर्किएको विवादले पछिल्लो सयममा चर्को रुपमात्र लिएन वर्तमान कोषध्यक्षले पदबाटै राजीनामा दिएर महासंघमा ढकाल र राणाकै मिलिमतोमा भ्रष्टाचारले उग्ररुप लिएको समेत आरोप लगाएका थिए । महासंघभित्र बढ्दो आर्थिक अनियमिकता र केही व्यक्तीको इच्छा अनुसार बर्तमान अध्यक्ष भबानी राणाले निहित स्वार्थ पुरा गर्ने उदेश्यलेमात्र कार्यगरेको भन्दै सुरु भएको विरोध पछिल्लो पटक कार्यसमितिका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले महासंघभित्र मौलाएको विकृतिको विरुद्धमा आफू उभिएको भन्दै राजीनामा दिएपछि विवाद झन चर्किदै गएर अहिले पुर्वअध्यक्ष पशुपति मुरारका र चण्डी ढकालबीच वाकयुद्धनै चलेको छ । महासंघलाई आफ्नै नेतृत्वमा लिने र आफु अनुसार चलाएर अबैधकार्यलाई कायम गर्ने गरि पुर्वअध्यक्ष ढकालले विधानलाई गलत व्याख्य गरेर विशिष्ठ सदस्य पदमा नियुक्त भएदेखिनै महासंघमा विबाद सुरु भएको थियो । पुर्वअध्यक्षहरुले चण्डीले विधानलाई नै अपव्याख्य गरेर आफु अनुकुल महासंघ चलाएका कारण महासंघको इतिहासमै कालोधव्बा पोतिन पुग्यो । तर सो गलत हो भन्दापनि बर्तमान अध्यक्ष भबानी राणाले कुनै कुरा नसुनेका कारण महासंघमा विवाद निम्तीनु र त्यसले प्राथमिकता पाउनु नैे मुख्य विवादको जडनै चण्डी हो भनेर पुर्वअध्यक्षहरुले बताउदै आएका छन् ।
महासंघको वार्षिक साधारणसभा (नयाँ नेतृत्व चयन) कार्यक्रमको दिन नजिकिँदै जाँदा महासंघभित्र भने चर्को विवाद बढ्दै गएको छ । उक्त अवसरमा विद्यमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष बनाउने, अध्यक्षको व्यवस्थालाई परिवर्तन गर्ने समेतको खेल सुरु भएको छ । चण्डी ढकाल समुहले भने एकहोरो विधान परिमाजर्न गर्ने पक्षमा विधानको ड्राफ्ट’ तयार गरेर कार्य समितिको बैठकमा पेश गरेपछि झन विवादले उग्र रुप लिन पुगेको छ । महासंघभित्र प्रायः शक्तिमै बसिरहेका पूर्वअध्यक्ष ढकालको दबदबा बढ्दै गएपछि र वर्तमान अध्यक्ष भवानी राणाले ढकालको इसारामा संस्थागत निर्णय गर्नथालेको आरोप समेत लाग्दै गएको छ । विवादित पूर्वअध्यक्ष ढकाल विधान संशोधनको संयोजक रहेका छन् ।
वर्षौंदेखि उद्योग वाणिज्य महासंघमा राज गर्दै आएको समूहको चलखेलका कारण महासंघभित्रको मतभेद, गुटबन्दी अहिले चरम उत्कर्षमा पुगेको छ । महासंघभित्रकालाई टुटाउन र फुटाउन माहिर मानिने र आफू शक्तिमै रहने गरेका पूर्वअध्यक्ष चण्डी ढकालले यसपटकको षड्यन्त्रको पनि नेतृत्व हाँकिरहेका छन् । उनकै योजनामा उद्योग वाणिज्य महासंघभित्र आगामी अधिवेशनदेखि अध्यक्षका लागि स्वस्थ प्रतिस्पर्धा हुन नदिने गरी पुनः विधानमै संशोधन गर्ने षड्यन्त्र भएकोे छ । महासंघमा व्यक्तिगत स्वार्थ पूरा गर्नकै लागि प्रयोग गरेका कारण इतिहासमै कमजोर साबित हुँदै गएको सदस्यहरुको बुझाइ छ ।
फेरि तीन वर्षभित्रै विधान जुन ढंगले संशोधन गरिँदै छ,त्यसमा झन् महासंघको इतिहासमै कालोधब्बा लगाउने खेल हुनलागेको ठहर पूर्वअध्यक्षहरुको रहेको छ । केही व्यावसायिक घरानाको योजनाअनुसार महासंघका तत्कालीन अध्यक्ष प्रदीपजंग पाण्डेलाई ३२ वर्ष पुरानो मुद्दा उठाएर जेल पु¥याएको घटनाले पनि महासंघको इतिहासमा गुट÷उपगुट रहेको प्रष्टै भएको छ । धेरै पुरानो मुद्दालाई ब्युँताएर सुरु भएको खेल अब महासंघमा प्रथाकै रुपमा बस्न पुग्ने पनि देखिन्छ । महासंघमा हुने अस्वस्थ खेलले व्यक्ति र गुटगत स्वार्थलाई प्रश्रय दिएसँगै सो अवसर समेत गुम्ने खतरा बढ्दै गएको समेत पूर्वअध्यक्षहरुको ठहर रहेको छ ।
महासंघको अध्यक्षमा दोस्रो कार्यकालका लागि चुनाव लड्दा हारेर ९–१० बर्ष अघि बाहिरिएका चण्डीराज ढकालको पछिल्लो समय संस्थामा हाली मुहाली बढेसँगै विवाद चर्किएर अहिले छताछुल्ल भएको छ । महासंघभित्र बढ्दो आर्थिक अनियमितता र केही व्यक्तिको इच्छाअनुसार वर्तमान अध्यक्ष राणाले निहित स्वार्थ पूरा गर्ने उद्देश्यलेमात्र कार्यगरेको भन्दै सुरु भएको विरोध पछिल्लोपटक कार्यसमितिका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले महासंघभित्र मौलाएको विकृतिविरुद्ध आफू उभिएको भन्दै राजीनामा दिएपछि विवाद सतहमा पुगेको हो ।
अहिले फेरि विधान परिमार्जन गरेर चुनावबाट अध्यक्षको चयन गरिने व्यवस्था गर्न लागेपछि विवादले उग्ररुप लिएको छ । महासंघभित्र प्रायः शक्तिमै बसिरहेका पूर्वअध्यक्ष ढकालको दबदबा बढ्दै गएपछि र वर्तमान अध्यक्ष भवानी राणाले ढकालको इसारामा संस्थागत निर्णय गर्नथालेको आरोप समेत लागेको छ । सो आरोपका सम्बन्धमा पटक–पटक महासंघमा अध्यक्ष राणालाई फोन गर्दा उनी सम्पर्कमा आउन चाहिनन । विधान संशोधन समितिले तीन वर्षे कार्यकाललाई दुई वर्षमा ल्याउने, वस्तुगततर्फको जिम्मेवारीलाई २० बाट वृद्धिगरी २५ प्रतिशत पु¥याउने, एसोसिएटतर्फको जिम्मेवारीलाई ३० बाट घटाएर २५ प्रतिशतमा ल्याउने, केन्द्रीय समितिमै उपाध्यक्ष र जिल्ला उपाध्यक्ष भन्दै दुईवटा उपाध्यक्षको पद कायम गर्नेलगायतका विषय समेटेर ढकाल संयोजक रहेको समितिले विधान तयार गरेपछि विवाद बढ्दै गएको हो ।
व्यक्तिगत स्वार्थका समूहको चलखेलकै कारण महासंघ महत्वहीन हुनपुगेको पूर्वअध्यक्षहरुको आरोप रहेको छ ।
पछिल्लो समयमा चण्डीराज ढकाललगायतका केही ‘डिफल्टर’ र ‘ब्ल्याकलिस्टेड’ मान्छेहरु महासंघको नेतृत्वमा पुगेपछि संस्थाको गरिमामा आँच पुगेको छ । तत्कालीन समयमा विधान संशोधनको विरोध गर्दै त्यतिबेला महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधान, पद्म ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ र कुशकुमार जोशीले संयुक्त विज्ञप्ति नै निकालेका थिए । विधान संशोधनको पक्षमा पूर्वअध्यक्ष चण्डीराज ढकाल र रविभक्त श्रेष्ठ मात्रै रहेका थिए । महासंघमा हुने अस्वस्थ खेलले व्यक्ति र गुटगत स्वार्थलाई प्रश्रय दिएसँगै सो अवसर समेत गुम्ने खतरा बढ्दै गएको समेत पूर्वअध्यक्षहरुको ठहर रहेको छ । ढकालले बैंकको ठूलो ऋण नतिरेर डिफल्टरका रुपमा कालोसूचीमा परेका व्यक्ति हुन ।
महासंघको नेतृत्व राणाले सम्हालेपछि यसको सांगठनिक अवस्था इतिहासमै कमजोर सावित हुन पुगेकोभन्दै अध्यक्ष राणाद्वारा असन्तुलित नेतृत्व, सांगठानिक, प्रशासनिक क्षमता अति कमजोर र जनसम्पर्क्विहीन भएकाले महासंघको गतिविधि नै ठप्प हुन पुगेको भन्दै कार्यकारिणी समितिका सदस्यहरुले आलोचना गरिरहेका छन । अहिले चण्डीराज ढकाल, भवानी राणा, रविभक्त श्रेष्ठलगायतको एउटा गुट विधान संशोधनमा सक्रिय भएका छन् भने पहिला यही गुटमा रहेका शेखर गोल्छा, पशुपति मुरारकाले आफ्नो अलग्गै गुट बनाएका छन । महासंघका उपाध्यक्ष चन्द्र ढकालभने ‘ढुलमूले’ प्रवृत्ति प्रदर्शन गरिरहेका छन । गोल्छा समूह भने सकेसम्म विधान नै संशोधन हुन नदिने रणनीतिमा रहेको छ । विधान संशोधन भइहाले अध्यक्षको चुनाव नलड्ने, बरु महासंघ नै परित्याग गर्ने ‘मूड’ मा गोल्छा र मुरारका रहेका छन् ।
महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालको चाहनामा विधान संशोधनका लागि बोलाउनुपर्ने विशेष साधारणसभा चार महिनापछि मात्रै बोलाउने गरि निर्णय गरेको छ। बैठकमा विधान संशोधनका लागि विशेष साधारणसभाको मिति तोक्ने प्रस्ताव पेश भएपछि विवाद सुरु भएको थियो । बैठकमा महासंघका निर्वतमान अध्यक्ष पशुपति मुराररकाले विधान संशोधनजस्तो गम्भिर र संवेदनशील मुद्दामा समेत हेलचक्रयाईं गरिएको भन्दै विधि सम्मत रुपमा प्रस्ताव ल्याएर मात्रै मिति घोषणा हुनुपर्ने अडान राखेपछि विवाददे उग्ररुप लिन पुगेको थियो ।
मुरारकाले महासंघको विधान संशोधन गर्दा यथेष्ट छलफल र वहस होस् भन्ने भनाई हो, तर यहाँ सबै विधिलाई मिचेर मिति घोषणा गर्न खोजिनु गलत हो त्यस प्रस्तावलाई हामी मान्न तयार छैनौ भनेर आफ्नो भनाई राख्ना साथ चण्डी ढकाल पड्किदै बढी नबोल्न निर्देशन दिएपछि उनीहरुबीच वाकयुद्ध नै चलेको छ । यसरी मुरारकाले भनाई राख्दा चण्डी ढकालले बढी नबोल्न भन्दै धक्कीपूर्ढा भाषामा हप्काएपछि सभाहलभित्रै हालहालाहालको अबस्था समेत सृजना भएको थियो । ढकालले बैठकमै ‘तिमि कति बोल्छौ’ भन्दै हप्काएपछि एकाएक मुरारकाले पनि कार्यसमितिमा मेरो बोल्न पाउने अधिकार छ, मैले आफ्नो भनाई राख्न पाउँछु त्यसमा तपाईँले हस्तक्षेप गर्न पाउनुहुन्न भन्दै प्रतिकार गरेपछि बैठकमा होहल्ला मच्चेका थियो । यसरी बैठकमा बादविवाद भई रहदाँ अध्यक्ष राणा भने मौन बसेकी थिइन । बैठकमा अध्यक्ष शक्तिशाली हुने भएपनि राणाले ढकालकै हाबीका कारण केही पनि भुमीका चाल्न नसकेको आरोप एक सदस्यले बैठकपछि लगाएका थिए । हालको विधान संशोधन गरेको खण्डमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्ने बाटो बन्द हुने र अध्यक्ष बन्न निर्वाचनमै जानु पर्ने हुन्छ ।
पूर्ण तयारीका साथ विधान संशोधनका लागि बैठक बोलाइएको भएपनि अधिकाशं सदस्यबाट विरोध भएपछि विशेष साधारणसभाको मिति घोषणा गराउन असफल हुन पुगेको थियो । वाणिज्य महासंघका विशिष्ट सदस्य तथा पुर्वअध्यक्ष चण्डीराज ढकालले आफ्नो उदेश्य पुरा गर्न रोकावट आएपछि विधान समिति संयोजकबाट राजीनामा दिएका छन्। महासंघको गत बुधबार भएको कार्यसमिति बैठकमा मिति घोषणा गर्ने उदेश्यसहित प्रस्तुत भएका ढकाललाई निर्वतमान अध्यक्ष पशुपति मुरारकाले विधानको दफा दफामा प्रतिवाद गरेपछि र आफ्नो उदेश्य पूरा नभएपछि कार्यसमिति बैठक चलिरहेकै बेला अध्यक्ष राणालाई लिखित राजीनामा पत्र बुझाएका थिए। चण्डी ढकालकै योजनालाई साथ दिदै महासंघको विधान संशोधनका लागि विशेष साधारणसभा बोलाउने समय तोक्न अध्यक्ष राणाले बुधबार बैठक डाकेकी थिइन । महासंघको अध्यक्षमा निर्वाचन र पदावधि दुई वर्ष बनाउने गरि विधान संशोधन गरिने योजना सहति तयार भएको विधानलाई विशेष साधारण सभाबाट पारित गराउनकै लागि सो सभाको मिति तोक्न बैठक डाकिएको थियो
चार बर्षअघि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान सहित विधान संशोधन गरिएको थियो । सो संशोधन गरेको ३ वर्ष पुरा नहुदै पुनः विधान संशोधनको प्रस्ताव ल्याएपछि महासंघमा विवादले उग्ररुप लिएको हो । महासंघभित्र सँधै प्रभावशाली भूमिकामा रहेका ढकालले नै विधान संशोधनका लागि राणालाई दबाब दिदै आएका थिए। त्यही दबाबका आधारमा विधान संशोधन समिति बनेको थियो। सो समितिको संयोजक चण्डी ढकालालाई बनाएको थियो ।
विधान संशोधनको विषयमा उपाध्यक्षद्धय किशोरकुमार प्रधान र उमेशलाल श्रेष्ठको समेत समर्थन रहेको छ । किनकी उनीहरु आगामी नयाँ कार्यसमितिको निर्वाचनमा दुबै जना अध्यक्षका आकांक्षी रहेका छन् । महासंघ पछिल्लो समयमा कानुनी उल्झनमा धेरै पटक फसिसकेको संस्था हो । वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने गरि भएको विधान संशोधनका विरुद्धमा पनि सर्वोच्चमा मुद्दा परेको थियो। भाष्करराज राजकर्णिकार र गोविन्दराज घिमिरेले विधान विशेष साधारणसभाबाट संशोधन गर्न नमिल्ने भन्दै रिट दायर गरेका थिए। जय होस । (साभारः जनमञ्च साप्ताहिकबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!