चितवनको सुरक्षामा थप कडा हुने,

- August 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रनिश थापा, चितवन, चितवन प्रहरीले आइतबारदेखि सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लले आजदेखि जिल्लाको सुरक्षा व्यवस्था थप कडा पारिने बताएका हुन् ।

उनलेे अहिलेसम्म प्रहरी संयमित भएर काम गरेको बताउदै प्रहरी संयमित भएको मौका छोपी केही तत्वहरुले अराजक गतिविधि देखाएको र घटनालाई थप उत्तेजित बनाउन खोजेको भन्दै अब शान्तिपुर्ण आन्दोलनको  नाममा समाजलाई अशान्ति बनाउने, जूलूस निकाल्ने र होहल्ला गर्ने किसिमको कुनै पनि गतिविधि गरेको पाइए वा गरे ‘अन द स्पोर्ट्’ कार्वाही गर्ने बताएका हुन् ।

एसपी मल्लले प्रहरीमाथि आक्रमण गर्ने, समाजलाई भयत्रास बनाउने, होहल्ला गर्ने यो कस्तो शान्तिपूर्ण आन्दोलन हो ? भन्दै उनलेे शान्तिपूर्ण आन्दोलनको नाममा यहाँ हिंसा फैलाउने काम भएको छ ।

प्रहरीले धेरै सहेर बस्यो , अब सहदैन । अदालतले पाँच दिन थुनामा राखेर प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिइरहदा जनता आफैं न्यायाधीश बन्ने ? भन्दै उनलेे दुखेसो समेत पोखे ।

उनलेे शान्तिसुरक्षा खलल बनाउने खोज्नेलाई अब प्रहरी कठोर रूपमा उत्रिने बन्दै सुरक्षा ब्यवस्था कडाइ पारेकै भरमा आफूलाई कहिँ कतै पठाउन्छ भने त्यस्को लागी आफू खुशी खुशी जान तयार रहेको समेत बताए ।

सञ्चारकर्मी शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा बिहीबार न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेका साथै संवाददाता युवराज कँडेल र नर्स अस्मिता कार्की प्रहरी नियन्त्रणमा परेका थिए ।

त्यस्को भोलिपल्ट अर्थात शुक्रवार चितवन जिल्ला अदालत उनीहरुलाई पाँच दिन थुनामा राख्न आदेश दिएपछि लामिछानेका समर्थकले तीनदिनदेखि प्रर्दशन गर्दै आइरहेका छन् ।

प्रर्दशनका क्रममा शुुक्रबार एक पटक र शनिबार पटकपटक प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरी माथि नै आक्रमण हुन थालेपछि प्रहरीले पनि अश्रुग्याँस प्रहार गरेको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!