गायक सुभास सुन्दासको ‘सुरुवात’ गीतको भिडियो सवजनिक;

- August 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । गायक सुभास सुन्दासले आफ्नो नयाँ गीत ‘सुरुआत’लाई आफ्नै युट्युब च्यानलमार्फत सार्बजनिक गरेका छन् ।

गीतले बैबाहिक जीवनपछिको नयाँ मोडलाई सुरुआतको रुपमा इंकित गरेको छ । गायक सुन्दासले अहिलेसम्म १० वटा गीतहरुमा आवाज दिए। यसअघि उनले ‘उड्न देउ’ एल्वम नै ल्याएका थिए।

बिभिन्न मुलुकहरुमा भएका रियल बिहेका दृश्यहरुलाई भिडियोमा राखेका छ।  विशेषगरि बैवाहिक बन्धनमा बाँधिएका नव दम्पतिहरुको लागि नयाँ यात्राको हौसला र प्रेरणास्वरुप तयार पारिएको उक्त गीतको म्यूजिक भिडियोमा नेपाल, बेल्जियम,जर्मनी, यूके, निदरल्याण्ड लगायतका विवाहित जोडीहरुलाई समेटिएको छ ।

सुभास सुन्दासको स्वर रहेको यस गीतमा रामु परियारको संगीत रहेको छ भने शब्दहरु सुभास सुन्दास र रामु परियारको रहेको छ । यस म्युजिक भिडियोको निर्देशन, छायांकन तथा सम्पादन बिकास भोम्जनले गरेका हुन् ।

देश तथा बिदेशमा आफ्नो प्रस्तुति दिदैं छुट्टै पहिचान बनाउन सफल गायक सुन्दास यति बेला युरोपमा निकै लोकप्रिय बनेका छन् ।

देश तथा बिदेशमा आफ्नो प्रस्तुति दिदैं छुट्टै पहिचान बनाउन सफल गायक सुन्दास यति बेला युरोपमा निकै लोकप्रिय बनेका छन्।

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!