हिक्मत थापाले एनआरएनए आइसीसीको उपाध्यक्षमा उम्मेद्वारी दिने

- August 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं,  गैरआवासिय नेपाली संघका बर्तमान कोषाध्यक्ष हिक्मत थापाले बर्ष २०१९ -२०२१ को लागि अन्तर्राष्ट्रिय समितिको उपाध्यक्षमा उम्मेदवारी दिने बताउनु भएको छ ।

संघमा सन २००७ देखि आबद्ध थापा एनआरएनए नाइजेरियाको सस्थापक अध्यक्ष हुनुहुन्छ भने , त्यस पछि दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक र दुई कार्यकाल कोषाध्यक्षको पदावधि सम्पन्न गर्दै हुनुहुन्छ ।

अफ्रिका महादेशमा एनआरएनए बिस्तारमा नेतृत्व गर्नु भएका थापाले यस अघि संघका सबै महत्वपूर्ण अभियानहरुमा सक्रियरुपमा योगदान गर्नु भएको छ ।                               

कैलालीको टिकापुरका स्थायी बासिन्दा थापा बिगत १३ बर्ष देखि अफ्रिकाको नाइजेरियामा बस्दै आउनु भएको छ ।

समाज सेवा र साहित्यमा विशेष रुचि राख्नु हुने थापा अफ्रिकामा नेपालीहरुलाई अप्ठ्यारोमा पर्दा उद्धार र सहयोगको समन्वय गर्ने ब्याक्तिको रुपमा परिचित हुनु हुन्छ ।

दैबी बिपत्ति र एनआरएनका नेपाल परियोजना (प्रोजेक्ट)हरुमा त्यस क्षेत्रबाट सधै नेपालका लागि महत्वपूर्ण सहयोग जुटाउनु हुने थापा ले एनआरएनए अभियान सुदृढीकरण र बिकासमा समेत आफनो छुट्टै नेतृत्वको पहिचान बनाउनु भएको छ ।             

संघले  संसार भरका गैर आवासीय नेपालीहरुको साझा संगठनको आफ्नो पहिचानलाई अझै उचो र सुदृढ बनाउनु पर्नेमा थापा प्रतिबद्ध हुनुहुन्छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!