रोशन र स्मृतिको ‘फूलमती’ गीत सार्वजनिक (भिडियो सहित)

- August 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । गायक रोशन बालुवा र गायिका स्मृति बोहराको ‘फूलमती’ नामक नयाँ गीत सार्वजनिक भएको छ।
चर्चित संगीतकार टंक बुढाथोकीको युट्युब च्यानलमार्फत उक्त गीत आज सार्वजनिक गरिएको छ ।

डि.पी. खनालको शब्द रचना रहेको उक्त गीतमा रोशन बालुवाले नै संगीत भरेका छन् । त्यस्तै, गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् ।

उक्त गीतको कोरियोग्राफी भने मोडलसमेत रहेका सागर कार्कीले गरेका हुन् । गीतको मुख्य भूमिकामा सागरसहित स्मृति बोहरा रेग्मी र अञ्जु विश्वकर्मा देखिएका छन् ।

गीतको छायांकन जनक अधिकारीले गरेका हुन भने भिडियो निर्देशन सोनु कुमारले गरेका हुन्। गीतमा मिक्सिङ भने सन्तोष पौडेलले भरेका छन् । भिडियो ललितपुरको भैंसेपाटीमा छायांकन गरिएको मोडल कार्कीले जानकारी दिए ।

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!