रविसहित तीन जनालाई पाँच दिनको म्याद थप

- August 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । टिभि पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्यूज २४ का पत्रकार रवि लामिछाने सहित तीन जनालाई ५ दिनको म्याद थप भएको छ ।

पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानको क्रममा पक्राउ परेका टीभी प्रस्तोता रवि लामिछानेलाई हिरासतमै राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गर्ने भन्ने विषयमा जिल्ला अदालत चितवनमा बहस भएको थियो ।

बिहीबार साँझ काठमाडौंबाट पक्राउ गरेर चितवन ल्याइएका रवि लामिछाने, युवराज कडेल र अस्मीता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो । अदातमा थुनछेक बहस पछि उनीहरुलाई पाँच दिन सम्म म्याद थप गरि अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!