बालुवाटारमा बसेको सचिवालय बैठकले गर्यो महत्वपूर्ण निर्णय

- August 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सम्पन्न भएको छ । शुक्रबार बालुवाटारमा बसेको सचिवालय बैठकले महत्वपूर्ण निर्णय गरेको हाे।

बैठकले सातवटै प्रदेशमा दुई/दुई जना सहइन्जार्च र केहि विभागका प्रमुखहरु तोकेको छ । बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै सहइन्चार्जहरु र विभिन्न विभागका प्रमुखहरुकाे चयन गरेकाे बताए ।

कार्य विभाजनका सम्बन्धमा प्रवक्ता श्रेष्ठले प्रदेश-१ मा  शेरधन राई र नरेश खरेल सहइन्चार्ज, प्रदेश-२ मा नागेन्द्र चौधरी र महेन्द्र पाण्डे, प्रदेश-३मा हितमान शाक्य र काशीनाथ अधिकारी , गण्डकी प्रदेशमा किरण गुरुङ र यसोदा सुवेदी, प्रदेश-५ मा बैजनाथ चौधरी र कुल बहादुर केसी, कर्णाली प्रदेशमा कालि बहादुर मल्ल र प्रकाश ज्वाला त्यस्तै सूदूरपश्चिम प्रदेशमा भानुभक्त जैशी र रविन्द्र भट्टले जिम्मेवारी पाएका छन ।

 सचिवालय बैठकले विदेश विभागको प्रमुखमा वरिष्ठ नेता माधव कुमार नेपाल, उपप्रमुख सुरेन्द्र कार्की नीति अध्ययन प्रतिष्ठान प्रमुख झलनाथ खनाल, संगठन विभाग प्रमुख बामदेव गौतम , स्कुल विभाग प्रमुख इश्वर पोखरेलाई तोकिएको छ ।

त्यस्तै प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ, अर्थ योजना विभाग प्रमुख सुरेन्द्र पाण्डे, उपप्रमुख डोर प्रसाद उपाध्याय रहेका छन । अन्य विभागको बारेमा साँझसम्म जानकारी गराइने प्रवक्ता श्रेष्ठले जनाएका छन । सचिवालय बैठक भोली (शनिबार ) दिउँसो चार बजे बस्ने भएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!