प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालकाे ट्वीट

- August 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएको समाचार बाहिरिए सँगै उनको स्वास्थ्यलाई लिएर अनेकौं टिका टिप्पणी भइरहेका छन ।

एक साता बढी समय सिंगापुरमा नियमित स्वास्थ्य चेकजाँज गरेर स्वदेश फर्किएका ओली पून:एकाएक अस्वस्थ भएको समाचार बाहिरिए सँगै प्रधानमन्त्री ओलीका  प्रेस सल्लाहकार कुन्दन अर्यालले ट्वीट गरेका छन ।

 ओलीको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार बिहान बालुवाटार पुगेका झापाका जनप्रतिनिधि र नेता कार्यकर्तासँग प्रधानमन्त्री ओलीले आफू १५ वर्षअघि बिरामी भएको तर अहिले एकदम ठीक रहेको बताएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई उदृत गर्दै प्रेस सल्लाहकार अर्यालले लेखेका छन, म सिकिस्तै भएँ भनेर आउनु भयो कि क्या हो ?

 हिजो केही बेर ९९ डिग्री ज्वरो आएको थियो । ठीक भयो। डाक्टर भन्छन, अझै बीस वर्ष ठीक रहने छौ । प्रचार अर्कै ढंगले भइदिन्छ। अर्यालले ट्वीट मार्फत जानकारी गराएका छन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!