भारतीय सरकारको दावा, सोमबारबाट कश्मीर सामान्य अवस्थामा फर्कने

- August 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एजेन्सी । कश्मीर प्रशासनले सोमबार देखि स्कुल, कलेज तथा सरकारी निकायहरु सुचारु हुने बताएको छ । यसको साथै कश्मीरी मिडियामाथि लगाइएको प्रतिबन्ध पनि खुलाइने बताएको छ ।

भारतीय सरकारले कश्मीरलाई विगतमा दिइएको विशेष दर्जा खोस्दै अनुच्छेद ३७० खारेज गर्ने फैसलाको विरुद्ध सुप्रिम कोर्टमा परेको मुद्दाको विरुद्ध जवाफ दिँदै भनेको छ, ” कश्मीरमा शान्ती सुरक्षाको अवस्था हरेक दिन अनुसन्धान गरिएको छ । सुरक्षा र कश्मीरी जनताको दैनिकीलाई सामान्यकरण गर्ने सुरक्षा निकायको कामलाई भरोसा गर्नु उचित हुनेछ ।”

कश्मीर टाइम्सको सम्पादक अनुराधा भसीनले भारतीय सुप्रिम कोर्टमा हालेको मुद्दाको सुनुवाईको दौरान प्रधान न्यायाधीशले भने, ‘मैले बिहान पत्रिकामा पढेँ कि कश्मीरमा ल्याण्डलाइन फोन सुचारु भएको छ ।

केन्द्र सरकारले अनुराधा भासिनको आरोपलाइ खण्डन गर्दै अदालतसामू परिस्थितिको बारेमा   भनेको छ, “कश्मीरमा आम जनताको दैनिकी सामान्य बन्दै छ । अखबारहरु निस्कीरहेका छन् । कश्मीर टाइम्स माथिको प्रतिबन्ध हट्दै जाने छ ।हामीहरु हरेक दिनको परिस्थिति नियाल्दै कश्मीरी जनताको हितमा काम गर्दैछौं ।

स्मरण रहोस्, कश्मीरमा १२ दिनदेखि लगातार बन्दका कारण प्रभावित रहेको छ । ५ अगस्टको गृहमन्त्री अमित शाहले राज्यसभामा जम्मु-कश्मीरको विशेष दर्जा हटाउनुपूर्व पाँच घण्टा कर्फ्यु लगाएका थिए । त्यसपश्चात किराना पसल, व्यापारिक केन्द्र साथै टेलिफोन र इन्टरनेट सेवा निलम्बित रहेको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!