निर्वाचनमा जान डराए कांग्रेस नेता, सहमतिका लागि विधानमा संशोधन

- August 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, नेपाली कांग्रेसका नेतृत्वतहका नेता विधान अनुरुपका अन्तरिक संरचना निर्वाचनबाट बनाउन डराएका छन् ।

निर्वाचन गर्दा आफु अनुकुलको नेतृत्व अन्र्तरिम संरचनामा नआए आफुलाई समस्या हुने भयले नेताहरु सहमतिमा अन्तरिक संरचना बनाउने सहमतिमा पुगेका हुन ।

अन्तरिम संरचना सहमतिमा बनाउनका लागि पार्टी विधान संशोधन गरेको ६ महिना नपुग्दै पुनः संशोधन गर्ने सहमति पनि केन्द्रिय कार्यसमिति बैठकमा भएको छ ।

गत मंसिरको अन्तिमबाट सुरु भइ पुसको पहिलो साता सकिएको महासमिति बैठकले संशोधन गरेको विधान कांग्रेस केन्द्रिय समितिले दुई महिना लगाएर पारित गरेको थियो ।

तर, त्यो विधान पूर्ण रुपमा कार्यान्वयनको चरणमा आइ नपुग्दै संघीयताअनुसारका पार्टी संरचना गठनका लागि विधानको बाधा अड्काउ फुकाउबाट अपर्झट परिवर्तनको निर्णय केन्द्रिय समिति बैठकले गरेको छ । विधानमा संघीय व्यवस्थाअनुसारका आठ तहका पार्टी संरचनाको निर्वाचनबाटै टुंगो लगाउने व्यवस्था थियो ।

विधानमा रहेको व्यवस्थालाई केन्द्रीय समितिले विविध खण्ड अन्तर्गत सच्चाउदै विधानमा निर्वाचनबाट यस्ता संरचना गठन गर्ने प्रावधान भए पनि व्यावहारिक हिसाबले अन्तरिम संरचना लागि तत्काल र एक वर्षभित्रै १४औँ महाधिवेशनअन्तर्गत दुईपटक निर्वाचन गराउने विषय व्यावहारिक नभएको भन्दै विधानको धारा ७१ को बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गर्दै आइतबारको केन्द्रीय समितिले यस्तो निर्णय गरेको हो ।

अब कांग्रेसका सबै तहमा निर्वाचनभन्दा पनि सहमतिकै माध्यमबाट प्रतिनिधि चुनिने छन् । महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले निर्देशिका बनाएर प्रस्तुत गरेपछि यसलाई आइतबारको बैठकले सर्वसम्मतिमा पारित गरेको हो ।

स्थानीय एकाइ प्रतिनिधिसभा क्षेत्रीय समिति र प्रदेशसभा क्षेत्रीय समितिमो हकमा २० भदौभित्र र वडा/गाउँ नगरपालिकाको हकमा कात्तिक महिनाभित्र समायोजन गरिसक्नुपर्नेछ ।

मंसिरसम्म अन्तरिम संरचना गठन र सदस्यताको टुंगो लगाएपछि पुसपछि १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने घोषणा कांग्रेसले गरेको छ । अभियान टाइम्सका सथमा ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!