चोरी भएको ३ हजार वर्ष पुरानो कलाकृति भेटियो

- August 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एजेन्सी । भारतबाट वर्षौ पहिले चोरी भएको प्राचिन कलाकृतिहरु अमेरिका-ब्रिटेनको एक संयुक्त समूहले खोजी गरेको छ ।भारतले हिजो(बिहिबार) आफ्नो ७३ औं स्वतन्त्रता दिवस मनाइरहेको क्षण आएको यस खबरलाई लिएर भारतीयवासी हर्षोल्लासका साथ रमाइरहेका छन् ।

खोजी गरि निकालिएको कलाकृतिहरु मध्य एक आन्ध्र प्रदेश रहेको छ । चुनापत्थरबाट निर्मित उक्त कलाकृति एक शताब्दी पुरानो रहेको बताइएको छ । यस्तै तमिलनाडूको कान्सेको ‘नवीनत कृष्ण’ नामक कलाकृति १७ औं शताब्दीको रहेको बताइएको छ ।

प्राप्त कलाकृतिहरुलाई ब्रिटेनमा भारतीय उच्चायुक्त रूची घनश्यामलाई सुम्पिएका छन् । घनश्यामले बताए, ” चुनापत्थर को कलाकृति २,००० साल पुरानो छ साथै कृष्णको प्रतिमा ३०० साल  पुरानो छ ।”


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!