हेटौँडामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु १५ जना घाइते;

- August 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

हेटौँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानी, हेटौँडामा आज(शुक्रबार) बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना सख्त  घाइते भएका छन् ।

काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नंको बस अनियन्त्रित भई पल्टिएर विजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेहरुको चितवन र मकवानपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!