भारत र पाकिस्तान बीचको नियन्त्रण रेखामा गोली हानाहान;

- August 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एजेन्सी । कश्मीरमा भारत र पाकिस्तानबीचको नियन्त्रण रेखामा भएको गोली हानाहानमा परी पाँच जना भारतीय र तीन जना पाकिस्तानी सैनिक मारिएका छन् ।

पाकिस्तानी समाचार एजेन्सी डन न्युजले जनाए अनुसार नियन्त्रण रेखामा भएको गोली हानाहानमा तीन पाकिस्तानी सैनिक शहीद भएका छन् ।

पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गाफुरले ट्वीटमार्फत भारतीय सेनाले सीमा क्षेत्रमा गोली प्रहार गरेपछि जवाफी फायरिङ गरिएको हो । जरनल आसिफले आफ्नो ट्वीटमा केही भारतीय सैनिक घाइते भएको उल्लेख गरिए पनि संख्याबारे केही बताइएका छैनन् ।

उनले लेखेका छन्, ‘सीमा क्षेत्रमा दुई देशका सैनिकबीच गोली हानाहान भएको छ ।’ उनले भारत प्रशासित कश्मीरबाट भारतीय सेनाले नियन्त्रण रेखामा गोली चलाएको उल्लेख गरेका छन् ।५ अगस्टमा भारतले जम्मू कश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा अन्त्य गर्ने निर्णय गरे पनि सो क्षेत्रमा तनाव चुलिएको छ । काश्मीरमा सञ्चारमाध्यम बन्द छन् भने बजार पसलसमेत खुल्न सकेका छैनन् ।

धारा ३७० खारेज गरेकामा रुष्ट पाकिस्तानले भारतसँगको कूटनीतिक सम्बन्ध सीमित पार्दै व्यापारसमेत रोक्ने निर्णय गरेको छ । पछिल्लो गोली हानाहानको घटनाबारे भारतीय पक्ष भने मौन देखिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!