पुडासैनी आत्महत्या प्रकरण : कार्की पक्राउ परे, रवि लामिछाने प्रहरी निगरानीमा

- August 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रनिश थापा ,चितवन , चितवन जिल्ला सहित देशैभर केही दिनदेखि बजार तातिरहेको छ । माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले चितवनको नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा आत्महत्या गरेर मोबाईलमा भिडियो सन्देश छोडे संगै बजार तात्तेको हो ।

यसैक्रम्मा, हिजो बुधबार ‘नेपाल आज’ अनलाइनले पुडासैनीको भिडियो सहितको समाचार प्रकाशित गरेपछि धेरै टिकाटिप्पणी भएको छ ।

कसैले उनलाई जवरजस्ती बोल्न लगाइएको भनियो भने कसैले कानुनी कार्वाही गर्नुपर्ने आवाज समेत बुलन्द पारिरहेका छन् ।

यसैक्रम्मा, आज बिहीबार उनको मृत्यु संग जोडिएका एक महिलालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेर चितवन ल्याउदै गरेको खबर प्राप्त भएको छ । खबर अनुसार प्रहरी नियन्त्रणमा अस्मिता कार्की परेकी छिन् ।

उनलाई नेपाल प्रहरीको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरी स्रोतले दिएको जानकारी अनुसार उनलाई महिला प्रहरीले चितवन ल्याउदै छ ।

कार्की प्रहरी नियन्त्रणमा आएसंगै न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेसहित अर्का आरोपित युवराज कंडेल प्रहरी निगरानीमा छन् । प्रहरीका अनुसार लामिछाने र कंडेललाई पक्राउ पुर्जी जारी भएसंंगै पक्राउ गर्ने बताइएको छ । सम्भवत : दुबै आरोपित भोलिसम्म पक्राउ पर्ने छ ।

पुडासैनीले तीन जना ब्यक्तिका कारण आफू आत्महत्या गर्न बाध्य भएको भिडियो सार्वजनिक भएसंगै प्रहरीले कार्कीलाई अनुसन्धानका लागी नियन्त्रणमा लिएको हो ।

त्यस्तै, अनुसन्धान सिलसिलामा काठमाडौं लगिएको मोबाईल र अन्य ल्याब रिपोर्ट पनि चितवन लगिदै छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!