निगमको ओशाका उडान निश्चितः हिराचनको अन्तरिम आदेश बदर

- August 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । एनआरएनका पूर्वअध्यक्ष देवमान हिराचनले नेपाल बायुसेवा निगमबिरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने निर्णय सुनाएको छ ।

यो आदेशसँगै निगमको ओशाका उडान निश्चित भएको छ । ओशाका उडान नै रोक्ने हिसाबले हिराचनले सर्वोच्चमा रिट दायर गरेका थिए । तर निगम अन्तरिम आदेशका बिरुद्ध भ्याकेटमा गएपछि सर्वोच्चले हिराचनको रिटमा दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गर्दै निगमको मागर सदर गरेको छ ।

निगमले जापानको ओशाका उडानका लागि टिकट बिक्री गर्नका लागि नेपाल प्रतिनिधिको रुपमा चिनाउँदैआएका हिराचनलाई हटाएर एआइजेलाई दिएको थियो । हिराचनले आफूलाई नेपाल प्रतिनिधिबाट हटाउने निर्णयका बिरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतले २०७६ साउन ८ मा उनलाई जापान प्रतिनिधिबाट नहटाउन अन्तरिम आदेश दिएको थियो । तर निगम भ्याकेटमा गएपछि बुधबार भएको सुनुवाइमा सर्वोच्च अदालतका न्यायाधीशद्वय इश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठले निगमको माग सदर हुने आदेश दिएका छन् ।

निगमको तर्फबाट अधिवक्ता सतिशकृष्ण खरेल र कृष्ण देवकोटा लगायतले बहस गरेका थिए । हिराचनको तर्फबाट भीमार्जुन आचार्यसहितका ५ अधिवक्ताले बहस गरेका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!