वरिष्ठ साहित्यकार दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानको साथ गरिने

- August 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारले वरिष्ठ साहित्यकार एवम पत्रकार मदनमणि दीक्षितको अन्त्येष्टिमा राष्ट्रिय सम्मान प्रदान गर्ने भएको छ । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार विज्ञप्ति निकालेर दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने जानकारी दिएका हुन् ।

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस भएका दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा काठमाडौँको गैरीधारामा वि. सं. १९७९ फागुन ६ गते दीक्षितको जन्मिएका दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, मेरी निलिमा, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!