प्रहरीद्वार छुटाछुट्टै स्थानबाट जुवाडेहरुलाइ पक्राउ;

- August 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । प्रहरीले छुटाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले यही साउन २९ गते  काठमाडौं  गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा मिना लामाले संचालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा १ बुक तास, नगद १९ हजार १ सय ५० रूपैयाँ र खाजा घर संचालक मिना लामा सहित ६ जनालाई पक्राउ गरेको छ ।

यसै गरी महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले यही साउन २९ काठमाडाै-६ बौद्ध रामहिटीबाट जुवातास खेलिरहेको अवस्थामा १ बुक तास, नगद २ हजार ७ सय ९० रूपैयाँ र सोलुखुम्बु घर भई काठमाण्डौ बौद्ध रामहिटी स्थित हिमालयन शेर्पा किचन संचालन गरी बस्ने वर्ष ३६ को निमा शेर्पा सहित ५ जनालाई पक्राउ गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!