प्रधानमन्त्री ओलीद्वारा दीक्षितको निधनप्रति दु:ख व्यक्त

- August 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । वरिष्ठ साहित्यकार एवम् पत्रकार  मदनमणि दीक्षितको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्।

परिवारलाई समवेदना दिँदै प्रधानमन्त्री ओलीले नेपाली वाङमय क्षेत्रमा दीक्षितले पुर्‍याएको योगदान स्मरणीय रहने बताउँदै उनले लेखेका छन्, ”

वरिष्ठ साहित्य साधक, प्राच्य साहित्य दर्शनका ज्ञाता मदनमणि दीक्षितको निधनको खबरले मर्माहत भएको छु । नेपाली वाङ्मय क्षेत्रले उहाँको योगदानलाई सदा स्मरण गर्नेछ । स्वर्गीय दीक्षित प्रति भावपूर्ण श्रद्धञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!