२०१९ मा भएको ‘हेण्डसम मेन इन द वल्र्ड’ को उपाधि ऋतिक रोशन

- August 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एजेन्सी । मिलेनियल सुपरस्टार ऋतिक रोशन संसारकै हेण्डसम पुरुष बन्न सफल भएका छन् । हिजो(बुधबार) अर्थात् अगस्ट १४, २०१९ मा भएको ‘टप ५ मोस्ट हेण्डसम मेन इन द वल्र्ड’ को शीर्ष स्थानमा पर्न सफल भएका हुन् ।

उनका ३० वटा फिल्म बक्स अफिसमा सुपरहिट बन्न सफल भएका छन् । फिल्म ‘सुपर ३०’ मा आनन्द कुमारको भूमिका निभाएका ऋतिकलाई उक्त फिल्ममा साधारण शिक्षकको भूमिकामा देख्न सकिन्छ । यति साधारण भूमिका पनि सहजै निभाउन सक्ने ऋतिकलाई उनको व्यक्तित्व र लगनशिलताका कारण विश्वकै सबैभन्दा हेण्डसम पुरुषको उपाधि प्राप्त भयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!