डीबी तामाङको ‘आज पनि तिम्रो याद’ सार्वजनिक (भिडियो सहित)

- August 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । गायक डीबी तामाङ नेपाली संगीतमा नयाँ नाम पक्कै होइन । गायक तामाङले सन् २०१४ मा ” एउटा तारा ” नामक एल्बम सार्वजनिक गरिसकेका छन् ।

तेस्पश्चात सन् २०१५ उनले ” बुद्द संदेश भाग २ ”  सार्वजनिक गरेका थिए । उनले गाएका ” हिले हामी”, “निलो निलो” ,  “तिमी बिना ”  बोलका गीतहरु सोर्ता दर्शकले सुनिसकेका छन् ।

हाल अमेरिकामा भएका गायक तामाङले केहि  दिन अघि मात्रै “आज पनि तिम्रो याद”  बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

आज पनि तिम्रो याद बोलको सेण्टिमेन्टल भर्सनको यस गीतमा स्वर  डीबी तामाङको रहेको छ भने शब्द लक्की राशिको रहेको छ । गीतमा संगीत चर्चित संगीतकार बसन्त सापकोटाको रहेको छ । गीतको एरेञ्ज्मेण्ट साहस शाक्यले गरेका हुन ।

रमणीय ठाउमा छायांकन गरिएको यस गीतको भिडियोलाई बाशु बरालले खिचेका हुन । बिष्णु खड्काले भिडियो सम्पादन गरेका हुन ।

कमल सिंह, चन्दा दहाल, आकाश ईडोको अभिनय रहेको भिडियोलाई बिक्रम दहालले निर्देशन गरेका हुन । सन् २०१९ मा आफ्नो नयाँ एल्बम सार्वजनिक गर्ने तयारीमा रहेका गायक तामाङको आफ्नै अफिसीएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!