गुण्डासंग गृहमन्त्री पुत्रको यस्तो साँठगाँठ, २ करोड २५ लाखको गाडीनै उपहार

- August 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, प्रहरीले गोली हानेर अपराधीलाई नियन्त्रणमा लिन्छ । गृहमन्त्रीका छोरा डाक्टरसँग तात्तिन्छन्, ‘त्यसको तुरुन्त अपरेशन गरिदिनुस्’ । यति नगरे कसरी कमाई होला त, दुई करोड २५ लाख पर्ने गाडी ?

हो, अहिले गृहमन्त्रीका पुत्र प्रतीक थापाले टोयोटा कम्पनीको प्राडो टिएक्स, अटोमेटिक फुल्ली लोडेड लिएका छन् । यही गाडी भरतपुरकी मेयर रेणु दाहाल र कांग्रेसका पूर्वसांसद तीर्थ लामासहितले चढेका छन् ।

पाँच महिनाअघि उनले टोयोटा कम्प्नीमा गाडी बुक गराएका थिए । यो गाडीको खरिदमा हालै नुवाकोटबाट तानिएका एसपी कृष्ण पल्लीमगरसँगको योगदान पुष्टि हुने गरी कनेक्स्न पनि फेला परेको छ ।

उनैले, २४ गते डल्लुको बिजेश्वरी हाउजिङमा फिरौती असुल्ने क्रममा प्रहरीले गोली चलाउँदा घाइते भएका लोप्सन र मिलन भनिने बाबुराम तामाङको चिन्ता लिँदै प्रहरी अधिकारीदेखि वीर अस्पतालका चिकित्सकसम्मलाई अनेकन दबाब दिइरहेको ।

उनीसँग उपराष्ट्रपति पुत्र दिपेशको पनि सक्रियता भेटिएको छ । प्रहरी अहिले पक्राउ परेका आरोपितसँग यी दुई भाइको कनेक्सन खोज्न व्यस्त छ ।

रोमेछापको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कासँग फिरौति माग्ने क्रममा घुँडामा गोली हानी प्रहरीले लोप्सनलाई पक्राउ गरेको थियो भने उनको पक्राउलगत्तै अर्का गुण्डा अमृत तामाङ पनि नियन्त्रणमा लिइएका थिए ।

यी दुबै हाल जेलमा रहेका ‘बाहुन डन’ को नामले चिनिने सुजन पौडेल समूहको भएको बताइन्छ । तिनैसँग गृहमन्त्रीका छोरा र उनको टिमका केही सहयोगीको पनि सम्पर्क भेटिएको हो । प्रहरीले नियन्त्रणमा लिएका लोप्सन र अमृत पहिला वाइसियलमा संगठित थिए ।

संगठनको नाममा अनुचित काम गरेर कारवाहीमा परेपछि एक वर्ष विप्लव समूहमा आबद्ध भए । तर, त्यताबाट पनि फिरौती असुल्न थालेपछि निकालिए ।

पहिल्यैदेखि ‘बाहुन डन’ को गिरोहमा रहेका उनीहरु बाहुनकै निर्देशनअनुसार गाउँपालिका अध्यक्षसँग फिरौती असुल्न सक्रिया भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

योसँगै अर्को काण्ड छ– नुवाकोटबाट एसपी कृष्ण पल्लीमगर तानिएकोबारे । पल्लीमगर केही क्रसर व्यवसायीको योजनाअनुसार दिपेशको दबाबमा नुवाकोट खटिएका थिए । नदी उत्खनन्का कारण जमिन विनाश भएको भनी स्थानीय तहले आपत्ती जनाउँदै आए ।

त्यसमाथि सिडिओ द्रोण पोखरेलले पटक पटक त्यस्तो कामलाई प्रोत्साहित नगर्न चेतावनी दिइरहे । तर, डन, ड्राइभर र द्रव्यपचासहरुसँग मिलेका एसपीचाहिँ जहिल्यै अटेर गर्थे । यसपछि सिडिओले गृहसचिवमार्फत् मन्त्रीसँग पनि कुरा गरे ।

मन्त्रीले आफ्नो नाम लिँदै अनियमितता गर्ने अधिकार कसैलाई नभएको बताए । गृहसचिवले आइजिपीलाई पल्लीमगरलाई तुरुन्त काज सरुवा गर्न निर्देशन दिए । उनको ठाउँमा गृहमन्त्रालयमै कार्यरत एसपी अभिनारायण काफ्ले हाजिर भएका छन् ।

यो घटनासँगै अहिले एसपी पल्लीमगरमाथि छानवीन शुरु गरेको छ । नुवाकोट मामिलाको छानवीन गर्दा उनलाई त्यहाँ पठाउन लमिङ गर्ने व्यापारी, दिपेशहरुको कनेक्स्न पनि फेला परेको छ । पल्लीमगरमाथि अख्तियारमा पनि उजुरी परेको बताइन्छ ।

२४ गतेको गोलीकाण्डमा गाउँपालिका अध्यक्ष गोविन्द खड्काले लिखु गाउँपालिकाकै ७ नम्बर, तिल्पुङका वाडध्यक्ष सुभाष बोहराको योजना भनी आरोप लगाए पनि प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनको आरोप पुष्टि नभएको बुझिएको छ ।

अनुसन्धानअनुसार, रामेछापको लिखु गाउँपालिका–१, दरागाउँमा केन्द्रीय प्रशारणको बिजुली पुर्याउने क्रममा आफैँ ठेकेदार बनेर काम गरेका थिए ।

चारवटा उपभोक्ता समिति खडा गरेर १३ करोडको काम गरे, त्यसबाट पाँच करोड कमिशन लिए । त्यहीँ गाउँका रमेश बाहुनले यो कुरा चाल पाएपछि फिरौति धन्दा शुरु भएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!