सरकारले भोलि पनि प्रदेश २ मा मासार्वजनिक बिदा दिने;

- August 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

जनकपुरधाम, प्रदेश २ सरकारले बिहीबार (भोलि) पनि सार्वजनिक बिदा दिने भएको छ । बिहीबार हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धन परेकाले प्रदेश २ सरकारले सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो ।

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाले हर्षाेल्लासका साथ रक्षाबन्धन  मनाउन सबैसँग अनुरोध गरेका छन् ।

प्रदेश २ ले रक्षाबन्धनको अवसरमा बिदा दिने निर्णय गरे पनि अन्य प्रदेशले भने अहिलेसम्म यसबारे कुनै निर्णय गरिसकेका छैनन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!