मलेसियामा ११ बर्ष घोटिएर नर्स बनाएकी श्रीमती अर्कै सँग पोईला गएपछि

- August 13, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मेरो नाम राजन गिरी हो । मेरो घर भूल्के ५ भोजपुर हाल विराटनगर ४ मा डेरा गरी बस्दै आएको छु । म गरिब परिवारको भएका कारण आफ्नो जिविका चलाउनका लागि मलेसियामा गएर काम गर्न थालेको पनि ११ वर्ष भयो ।

गरिब भएपनि या जतिसुकै गाह्रो भएपनि घरमा एकजना शिक्षित हुनुपर्छ भन्ने लागेर मैले मेरो श्रीमतीलाई पढाउने निर्णय गरे र प्लस टु पढाए । प्लस टु पढाएर पनि केही नहुने देखेपछि मैले उनलाई स्टाफ नर्स पढाए । दिनरात मेहेनत गरेर विदेशी भूमीमा पसिना बगाएर कमाएको पैसाले विराटनगरमा कोठा भाडामा लिएर राखेर उनलाई स्टाफ नर्ससम्म पढाए र उनी नोबेल हस्पिटलमा काम गर्न थालिन् ।
तर, उनले मलाई धोका दिइन् र मैले पसिना बगाएर कमाएको सम्पत्ति लिएर पोइल गइन् । उनले ४ तोला सुन लिएर भागेकी छिन् ।म सबै नेपाली साथीभाई हरूलाई भन्न चाहन्छु की श्रीमतीको सबै कुरामा विश्वास गर्न नहुने रहेछ । मैले किन यस्तो भन्दैछु भने म एक पात्र हुँ जसले यसको ज्वलन्त उदाहरण भोगेको छ ।

मैले बगाएको पसिनाको कमाईमा पढेर काम गर्न थालेकी उनले घर सानो भयो, मलाई जागिरमा जान गाह्रो भयो मोटरसाईकल चाहियो भन्दै मलाई विदेशिन बाध्य बनाइन् । यसक्रममा उनले आफूसँग जोडी नमिल्ने लवाई खुवाई मिल्दैन भन्दै सम्पत्ति कम भएको भन्ने निहुँमा झगडा गर्ने र मलाई फेरी विदेश जान बाध्य बनाएपछि म मलेसिया आएको ११ महिनापछि पोइला गइन् ।

यता म भने श्रीमतीको पढाई खर्च कसरी पुर्याउने भन्दै कति दिन भोकै बसे, भोकै काम गरे । तर मेरो उक्त मेहेनत खेर गयो । अहिले अनेक बहाना बनाएर पोइला गइन् । उनको नाम सुमित्रा गिरी हो नागरिकतामा यही छ नाम । म अहिले मलेसियामा छु । उक्त घटनाबारे मेरो बहिनी हिरा गिरीले विराटनगर चौकीमा निवेदन दिएकी छिन् ।

दाईले विदेशबाट पैसा पठाएर भाउजुलाई पढाउनु भयो स् हिरा गिरी भाउजु र म सँगै डेरा गरेर बस्थ्यौ । दाइले बेदशबाट पैसा पठाएर भाउजुलाई पढाउनु हुन्थ्यो । दाईको बिहे सुमित्रासँग एसएलसी दिएपछि भएको थियो । सुमित्रालाई दाइले नै प्लस टु र स्टार्फ नर्स पढाउनु भएको थियो। नोवेल मेडिकल कलेजमा काम गरेको दुई बर्ष हुन लागेको थियो ।

भाउजु विएसी गर्न भन्दै काठमाण्डौ जानु भयो गत वर्ष मंसिरमा । काठमाडौ गएको केही दिनपछि वहाले फो गरेर आफूले बिहे गरेको बताउनु भयो । त्यसपछि कुनै सम्पर्क भएको छैन् । पढ्न दाइले नै पठाउनु भएको थियो । तर, सम्पर्कमा नआएपछि मैले पुसमा जिल्ला प्रहरी कार्यालयमा मोरङमा मान्छे हराएको भन्दै उजुरी गरे । यस विषयमा प्रहरीले कुनै जानकारी दिएन ।

प्रहरी के भन्छन् ?
यता जिल्ला प्रहरी कार्यालय मोरङले गत बर्ष सुमित्रा गिरी हराएको भन्दै खोजी गरिदिन निवेदन परेको जानकारी दिएको छ । सुमित्राको खोजी गर्दा फेला नपरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!