प्रकाशको नाममा विदेशको कुनैपनि बैंकमा पैसा रहेको प्रमाणित गर्न चूनौति

- August 13, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले दिवंगत प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको भन्ने विषय झुटो रहेको स्पष्ट पारेको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सचिवालयले प्रकाश (प्रचण्ड पुत्र) को नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती दिएको छ।

प्रचण्डको प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’बाट जारी विज्ञप्तिमा भनिएको छ,’क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेका छन्।

दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो।’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!