बिनोद र बिनु फिचर डा. बरालको ‘मिरमिरेको लाली फिक्का ‘भिडियो सहित सार्वजनिक;

- August 13, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं ।  डा.अनिल बरालको रचनामा नयाँ गीत ‘मिरमिरेको लाली फिक्का ‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा हरी दत्त फुलाराको स्वर तथा संगीत रहेको छ भने   गीतको म्युजिक भिडियोलाई  ‘हाम्रो खाता”को अफिसियल  युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

युवराज वाइबाको निर्देशन रहेको गीतको भिडियोमा  नायक बिनोद न्यौपाने र बिनु शाक्य फिचर्ड छन । उत्सब दाहालको छायान्कन रहेको भिडियोमा बिकास दाहालको सम्पादन रहेको छ ।

वीर अस्पतालमा कार्यरत मिर्गौलारोग विशेषज्ञ डा. अनिल बराल यसअघि ‘एउटा खाता’  अगालै भरी’लगायत गीतको म्युजिक भिडियो आइसकेको छ भने राष्ट्रिय पत्रपत्रिकामा थुप्रै कथा, कविता तथा गीत प्रकाशित भइसकेका छन। साहित्य रचना एबम गीत संगीतको यात्रमा निरन्तरता अघि बढ्ने डा.बरालले जानकारी दिनु भयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!