भागवत दर्शन नामक धार्मिक टेलिसिरियल प्रसारणमा आउने

- August 13, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

समीर नेपाल, काठमाडौं, भागवत दर्शन प्रा.लि को प्रस्तुतिमा भागवत दर्शन नामक धार्मिक टेलिसिरियल प्रसारणमा आउने भएको छ ।

जमल नाचघरमा हिजो एक कार्यक्रम बिच भागवत दर्शनको एक विशेष शो प्रदर्शन गरिएको थियो । यो टेलिसिरियल छिटै नै टेलिभिजनबाट प्रसारणमा आउदै छ ।

कार्यक्रममा सभापतित्व भगवान दर्शन प्रा.लि का अध्यक्ष वासुदेव घिमिरेले गर्नु भएको थियो भने प्रमुख अतिथिका रुपमा राप्रपाका वरिष्ठ  उपाध्यक्ष बुद्धिमान तामाङ, अतिथिमा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडका, लेखक निर्देशन देव नेपाललगायत कलाकारहरु पनि उल्लेखनीय उपस्थिति रहेको जानकारी यसै टेलिसिरियलका कलाकार देव निथी नेपालले जानकारी दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले देशमा हिन्दू धर्ममाथी अन्तर्राष्ट्रिय शक्ति बिदेशी धर्मको प्रहार भइरहेकै बेला हिन्दु धर्मको विषय वस्तुलाई भागवत दर्शन जस्तो टेलिसिरियल आउन जरुरी रहेको कुरा बताउनु भएको थियो ।

कार्यक्रममा अन्त्यमा प्रमुख अतिथिलगायत अतिथिहरुलाई सम्मान एवम् मायाको चिनो प्रदान गरिएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!