निष्पक्ष कलम चलाइ पत्रकारिता क्षेत्रमा जनताले विश्वास गर्ने वातावरणा बनाउन जोड: साँसद रिता माझी

- August 13, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मन्थली,  नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रामेछापले सोमबार संवैधानिक ब्यवस्था र मिडिया समावेशीताको अवस्था विषयक अन्तक्रिया तथा उत्कृष्ट आदिवासी जनजाती पत्रकारिता वर्ष पुरस्कार वितरण कार्यक्रमलाइ सम्बोधन गर्दै प्रदेश सभा सदस्य रिता माझीले सत्य, तथ्य र निष्पक्ष कलम चलाइ पत्रकारिता क्षेत्रमा जनताले विश्वास गर्ने वातावरणा बनाउन जोड गरिन ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिजको २० औ स्थापना दिवसको अवसर पारेर फोनिज रामेछापले उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा साँसद माझीले संवैधानिक व्यवस्था अनुसार समग्र सञ्चार जगतलाइ समेटिए पनि  आदिवासी जनजाती पत्रकारहरूको लागी अधिकार खोज्न पर्ने वताउनु भयो ।

साँसद माझीले सर्बसाधरण नागरीक भएर आफ्नो पुर्खाको थाकथलोमा बसेका राजालाई बेला बेला अनावश्यक रुपमा गाली गर्नुको कुनै औचित्य नभएको भन्दै माझीले जनजाती दलित र सर्वहारा बर्गको नारा दिएर करोडौ कमाएर शिहदरबार देखि नार्गजुन सम्म आफ्नो पुर्खाको बिर्ता भएको झै गरेको भन्दै त्यस्तो खालको घमण्ड नगर्न प्रचण्डलाई आग्रह समेत गर्नु भयो ।

यसवर्षको उत्कृष्ट आदिवासी जनजाती पत्रकारिता पुरस्कार – २०७६ रेडियो तिफदीका स्टेशन प्रमुख सुमित श्रेष्ठलाई उत्कृष्ट वर्ष पुरस्कार प्रदान गरेको छ ।

जनजातीको हितमा सक्रिय भएर कमल चलाइ जिल्लाको पत्रकारितामा उल्लेख्य योगदान गरेको भन्दै फोनिज रामेछापले श्रेष्ठलाई नगद रु ५ हजार र सम्मानपत्र मार्फत सम्मानित गरेको हो ।

सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रममा प्रदेश ३ की सांसद रिता माझीले पत्रकार श्रेष्ठलाई सम्मान प्रदान गर्नुभयो । श्रेष्ठ करिव २ दशक देखी जिल्लाको पत्रकारिता क्षेत्रमा सकृय रहि स्थानिय पुष्पवृष्टि साप्ताहिकको प्रकाशक तथा प्रधान–सम्पादक तथा जनता टेलिभिजनमा समेत आवद्ध रहेर काम गर्दै आईरहेका छन् ।

कार्यक्रमममा जनजाती पत्रकार महाँसंघ ३ नम्बर प्रदेशका उपाध्यक्ष युबराज श्रेष्ठ, जिल्ला समन्य समिति रामेछापका समन्य प्रमुख प्रेमबहादुर खड्का,मन्थली नगरपालीकाको प्रमुख रमेश बस्नेत, खाडाँदेबी गाउपालीकाका प्रमुख प्रेम बहादुर तमाङ, लिखु तामाकोशी गाउपालीकाका उपप्रमुख दिपशिखा दाहाल, नेकपाका जिल्ला कमिटी सदस्य गोपाल श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला सचिब लेखबहादुर कार्की पत्रकार महाँसंघ ३ नम्बर प्रदेश सदस्य बद्री नयाघरे पत्रकार महाँसंघका जिल्ला अध्यक्ष रमेश ढुङ्गेल,पुर्ब अध्यक्ष हिमाल ढुङ्गेल गैैसस महांसंघका अध्यक्ष भुवन श्रेष्ठ लगायत पेशागत पत्रकार संगठनका प्रमुख हरुले फोनिजले रचनात्मक ढंगबाट काम कामको थालनि गरेको भन्दै आफ्नो ठाउबाट अफुहरुले सकेको सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा, जनप्रतिनिधि, राजनितिक दलका नेता, पत्रकार लगायतको सहभागीता रहेको थियो । सहभागीहरुले पत्रकारले सत्य तथ्य र यर्थाथलाई मध्य नजर गरी जनताको हितमा कलम चलाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रम फोनिज रामेछापका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!