भारु तीन सय करोड खर्चिएर बनाइएको ‘साहो’को ट्रेलर सार्वजनिक (भिडियो सहित )

- August 13, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

भारु तीन सय करोड खर्चिएर बनाइएको, त्यसमा पनि निर्माणकै लागि दुई बर्ष लगाइएको फिल्म हो, साहो । यो फिल्म घोषणा भएदेखि नै चर्चामा छ । चर्चामा हुनुको कारण यसको उच्च बजेट मात्र होइन, यसमा अभिनित कलकारहरु पनि हुन् । बाहुबली फेम अभिनेता प्रभासलगायतले यसमा अभिनय गरेका छन् ।

मल्टीस्टारर तथा बहुप्रतिक्षित फिल्म ‘साहो’ को बहु प्रतिक्षित ट्रेलर सार्वजनिक भएको छ । उक्त एक्सन प्याक्ड टे्रलरमा अभिनेता प्रभासलाई डरलाग्दो स्टन्ट दृष्यमा देख्न सकिन्छ । फिल्ममा हलिउडलाई समेत टक्कर दिने शैलीको भिएफएक्स देख्न सकिन्छ ।

टे्रलरबाट के स्पष्ट छ भने यो फिल्म एक्सन, स्टन्ट तथा सस्पेन्सले भरिएको छ । यससँगै अभिनेता प्रभास तथा श्रद्धा कपूरको बीचको रोमान्सले पनि प्रसंशकहरुको एक्साइटमेन्ट बढारहेको छ । उडिरहेका कार, तिब्र गतिले दौडिरहेको मोटरबाइक, बमबारी, कार चेजिङ तथा डरलाग्दा एक्सन जस्ता दृष्यहरु यसअघिका बलिउडका फिल्ममा बिरलै देख्न पाइएको थियो ।

रोचक कुरा के छ भने यो फिल्मको निर्माणमै करिव दुई वर्षको समय लागेको छ । यसलाई बलिउडकै सबैभन्दा ठूलो तथा महंगो फिल्म भनिएको छ । यो फिल्ममा थुप्रै महंगा एक्सन सिक्वेन्सहरु छायांकन गरिएका छन् ।

ट्रेलरमा समावेश गरिएको ब्याग्राउण्ड स्कोर एक्सन सिक्वेन्ससँग निकै मेल खाएको छ । फिल्मको एक्सन दृष्य निकै प्रभावकारी देखिएको छ । प्रभासका अतिरिक्त अभिनेत्री श्रद्धा कपूर पनि पहिलो पटक यसरी एक्सन अवतारमा देखिएकी हुन् । यसअघि उनले फिल्म बागीका केही एक्सन सिन गरेकी थिइन्।

प्रभास तथा श्रद्धा कपूरका अतिरिक्त ज्याकी श्राफ, महेश मंजरेकर, चंकी पाण्डे, नील नितिन मुकेश आदि कलाकारका लूक पनि निकै स्टाइलिश तथा आकर्षक देखिएको छ । निर्देशक सुजीतको यो पहिलो हिन्दी, तमिल तथा तुलगू भाषाको फिल्म हो, जुन ३० अगष्ट २०१९ का दिन सिनेमा हलहरुमा प्रदर्शन हुने । साभार ।

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!