इन्डोनेसियामा खिचिएको फोटो बारे अन्तत बोलिन साम्राज्ञी

- August 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ। नायिका साम्राज्ञीराज्यलक्ष्मी शाह यतिबेला चलचित्र मारुनीको प्रचार प्रसारमा व्यस्त छिन । उनी नेपालमा फिल्म प्रचारको चापमा त छदैछिन त्यो भन्दा बढि चाप केही साताअघि इन्डोनेसियाको बालीस्थित सामुद्रिक किनारमा खिचाएको तस्विर र त्यसपछि उनिप्रति आएका प्रतिक्रियाले छिन ।

जुन कुरा उनले सामाजिक सञ्जालमा भिडियो बनाउदै सेयर समेत गरिन । प्रेमी देवांश जंग राणासंगका अर्धनग्न तस्बिरलाई लिएर दशृकले चर्को आलोचना पनि गरे । इन्डोनेसियामा छदै आएका नकारात्मक आलोचनाको झटपट प्रतिक्रिया दिदै सामज्ञीले आलोचकलाई ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ।’समेत भन्न भ्याईन । उक्त साम्राज्ञीको प्रतिक्रियाले त झन दर्शक आलोचक झनै रुष्ट बने ।

यहि तनावले होला साम्राज्ञीले दर्शकलाई यसपटक त ‘यदि आफ्नो विचार मन पर्दैन भने आफुलाई अनफलो गर्न’ सक्नुहुन्छ भन्दै भिडियो नै पोस्ट गरिन। जुन दर्शकको कारण आज साम्राज्ञी यो ठाउँमा छिन । उनै दर्शकमध्यका केही आलोचकलाई यसरी निरन्तर चिडाउदा साम्राज्ञीको आउने फिल्म चलेन भने उनको करियर नै धरापमा पर्न सक्छ भन्दै साम्राज्ञीलाई बेलैमा आफ्ना गल्ति सच्याउन धेरैले सुझाई पनि रहेका छन । साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!