पिताको श’वलाई परिक्रमा गरी छोराले बिहे गरे

- August 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

हिन्दु परम्परा अनुसार बिहेमा बेहुला-बेहुलीले अग्निलाई सात फेरो लगाएको त देख्नुभएकै होला । तर के बेहुला–बेहुलीले शवलाई सात फेरो लगाएर बिहे गरेको देख्नुभएको छ ?

छिमेकी मुलुक भारतको तमिलनाडुमा यो कल्पनै गर्न नसकिने घटना भएको छ । आफ्नो बाबुको अन्तिम इच्छा पूरा गरिदिने भन्दै एकजना युवकले मृत बाबुको शव अगाडि राखेर आफ्नो बिहे गरेका छन् ।

तमिलनाडुको विल्लुपुरममा यो घटना भएको हो । आगामी सेप्टेम्बर २ का दिन ३१ वर्षका डी अलेक्जेन्डरको बिहे हुने निधो भएको थियो । तर शुक्रबार अचानक उनका पिता देवमणिको मृत्यु भयो । छोराको बिहे हुने कुराले देवमणि निकै खुसी थिए र भव्य तयारी गरिरहेका थिए । छोराको बिहे धुमधामसँग गर्ने उनको इच्छा थियो । बिडम्बना छोराको बिहेको तिथि नआउँदै उनको मृत्यु भयो ।

बुवाको मृत्युपछि विक्षिप्त बनेका अलेक्जेन्डरले बुवाको अन्तिम संस्कार अगाडि आफ्नो बिहे गर्ने निर्णय गरे, ता कि बुवाको अन्तिम इच्छा पूरा होस् । त्यसपछि उनले आफ्नी हुनेवाला पत्नी अन्नपूर्णानीसँग कुरा गरे ।

पेसाले शिक्षक रहेकी अन्नपूर्णानीले अलेक्जेन्डरको प्रस्ताव स्वीकार गरी सोहीबमोजिम बिहेका लागि तयार भइन् । दुवै पक्षले बिहेको तयारी गरे । जन्ती निकालियो र उनीहरु विवाह बन्धमा बाँधिए ।

बिहेको समारोहमा बुवाको शवलाई नयाँ कपडा पहिराएर लगिएको थियो । शवलाई अगाडि राखेर बेहुला बेहुलीले स्वयंवर गरे र शवको परिक्रमा पनि गरे । अन्तिममा बेहुला–बेहुलीले शवसँगै तस्वीर खिचाए । उक्त तस्वीरले धेरैको मन छोएको छ ।

शुक्रबार बिहे गरेपछि शनिबार अलेक्जेन्डरको बुवाको अन्तिम संस्कार गरेका छन् । साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!