राष्ट्रिय परिचयपत्रमा नागरिकको गोपनियता कायम राख्न सांसदको माग

17

राष्ट्रिय परिचयपत्रमा नागरिकको व्यक्तिगत विवरणको गोपनियता कायम राख्न सांसदहरुले सरकारसँग माग गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुले व्यक्तिगत विवरण चुहावट हुन नदिन माग गरेका हुन् ।

नागरिकका व्यक्तिगत विवरण भन्डारणबाट हुनसक्ने चुहावट रोक्न त्यसमा संलग्न कर्मचारीलाई दिइने दन्ड र सजाय कडा तुल्याउन समेत सांसदहरुको माग छ । विधेयमाथि सांसदले दिएका सुझावलाई समेटेर परिमार्जन गरी ल्याउन गृह मन्त्रालयका पदाधिकारीलाई समितिले निर्देशन समेत दिएको छ । विधेयकको प्रतिवेदनमाथि सांसदले राखेको सुधार, संशोधन र भाषागत शुद्धता मिलाएर ल्याउन गृह मन्त्रालयका पदाधिकारीलाई समिति सभापति शशि श्रेष्ठले निर्देशन दिनुभयो ।

बैठकमा समितिका सदस्यहरुले नागरिकता, सवारीचलक अनुमतिपत्र, मतदाता परिचयपत्र, ज्येष्ठ नागरिक परिपचयत्रजस्ता धेरै परिचयपत्र बोकेर हिँड्नुपर्ने झन्झटलाई अन्त्य गर्ने गरी परिचयपत्र ल्याउन माग गरेका थिए । साभार ।

Facebook Comments

LEAVE A REPLY