रणवीर कपूरले मागे आलियाको हात, बने इमोसनल !

- August 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मुम्बई – बलिउड नायिका आलिया भट्ट र रणवीर कपूर रिलेशनमा आएको समाचार त निरन्तरजसो आइरहन्छ । पछिल्लो दिन खबर आइरहेको छ कि, यी दुईले बिहे पनि गर्दैछन् ।

भारतीय मिडियाका अनुसार रणवीर कपूरले आलियाका बुबा महेश भट्टसँग आलियाको हात मागेका छन् । त्यतिबेला उनी निकै भावुक भएको पनि बलिउड मिडियाले स्रोतको हवाला दिँदै लेखेका छन् ।

एक समाचार अनुसार महेश भट्टसँग आलियाले हात माग्ने क्रममा इमोसनल भएका थिए, उनका आँखामा आँसु आएको थियो ।

योसँगै खबर आएको छ कि, यी दुईले सन् २०२० मा बिहे गर्नेछन् । त्यसो त यी दुईले बिहे गर्ने खबर यसअघि पनि चलेको थियो । पछि त्यो खबरलाई हल्ला भएको बताइयो ।

आलिया र रणवीरले एकसाथ अभिनय गरेको फिल्म ‘ब्रह्मास्त्र’ प्रदर्शन हुन बाँकी छ । यही फिल्मको शूटिङका दौरान यी दुई प्रेममा परेका थिए । यो यी दुईले एकसाथ काम गरेको पहिलो फिल्म थियो । साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!