नेप्सेमा झिनो अंकले सुधार

- August 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, साताको दोस्रो कारोवार दिन सोमबार नेप्सेमा झिनो अंकले सुधार आएको छ ।

नेप्से आज शुन्य दसमलव १३ अंकले बढेर १२ सय ३३ दसमलव ८५ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव १२ अंकले बढेर दुुई सय ६७ दसमलव ७२ अंकमा पुुगेको छ ।

एक सय ७१ कम्पनीहरुको ११ हजार ६० वटा कारोवारमा १८ लाख २१ हजार आठ सय २२ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३१ करोड ४२ लाख २८ हजार नौ सय २१ रुपैयाँ पुुगेको छ ।

१२ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहले गुमाएकाछन भने सात वटा समुहले कमाएका छन् । बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ४२ अंकले घटेर ११ सय १२ दसमलव ५८ अंकमा पुुगेको  छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!