भड्किलो तीज रहित वडा घोषणा गर्न लेखनाथका महिलाहरु सडकमा;

- August 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पोखरा, पोखरा महानगरपालिका अन्र्तगतको वडा नं २६ पहिलो भड्किलो तीज रहित वडा भएको छ ।

महानगर अन्र्तगत लेखनाथका सबै वडाका महिलाहरु भड्किलो तीजको विपक्षमा रहे पनि वडा नं २६ का ३५ भन्दा वढी आमा समुह तथा महिला संजालहरुको संयुक्त प्रयासले वडालाई भड्किलो तीज रहित बनाउने अभियान चलाएको वडा अध्यक्ष नारायण बरालले जानकारी दिए ।

उनले भने–“हामीले तीज मनाउने हो तर तारे होटल र पार्टी प्यालेस संस्कारलाई बिकृतीतिर लैजाने गरी तीजको दरका नाममा हुने कृयाकलापलाई पुर्ण रुपमा बन्देज गर्न आह्वान गरेका हौं ।”

सोही आह्वानका आधारमा वडा महिला संजाल सहित सबै आमा समूहहरुको सामूहिक प्रयासबाट यो काम सफल भएको पनि उनको भनाई थियो ।

उनले थपे–“हामीले अन्य वडाहरुमा पनि भड्किलो तीजका विपक्षमा महिलाहरु नै अगाडि आउन् भनेर एक दुई दिनमा सार्वजनिक घोषणा गर्ने तयारी पनि गरेका छौं ।

अभियान स्वरुप पाँच सय भन्दा बढी महिलाहरु सडकमा निस्केर सामुहिक प्रतिवद्धता समेत जनाएका थिए । महिला संजालकी अध्यक्ष मुरली थापाका अनुसार हामीले तीजका नाममा धेरै नै बिकृती भित्राएका छौं त्यसो नगरौं भनेर यो अभियान चलाएका हौं ।

उनले भनिन्–“म पनि तीज मनाउँछु तर तीज कहाँ र कसरी मनाउने हो भन्ने बारेमा हामीलाई थाहा हुनु पर्छ ।” तीज भनेको ऋण खोजेरै भए पनि होटलमै मनाउने परिपाठी बन्द गरौ भन्ने नै हो उनले भनिन् ।

लेखथानका सबै वडाहरुका महिला संजालले पनि यो अभियानमा सहकार्य गर्दै लेखनाथलाई भड्किलो तीज रहित बनाउने अभियानमा रहेको पनि वडा अभ्यक्ष बरालले जानकारी दिए ।

उनले भने–“वडा मात्रै होईन समग्र महानगरनै कुनै पनि खालका बिकृतीलाई अन्त्य गर्ने अभियानमा लाग्नु पर्छ । उनले दशै तिहार लगायतका अन्य चाडहरुलाई पनि हाम्रो सस्कार अनुसारनै मनाउन पनि सबैसँग आग्रह गरे ।

आफ्नो वडामा हुने कुनै पनि विवाह तथा उत्सवहरु पनि भड्किलो तरिकाले मनाउने प्रचलनलाई हटाउने गरी सामुहिक छलफल भईरहेको समेत जानकारी दिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!