परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा पक्राउ;

- August 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

धनुषा, एमबिएस परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका-४ बाट सोही ठाउँ बस्ने ३० वर्षीय लिलाराज शिवभक्ति लगायत तीन जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबिएस प्रथम बर्षको तथ्याङ्कशाष्त्र बिषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी सोही ठाउँस्थित सुजित कुमार मण्डलको फोटोकपी सेन्टरमा गई फोटोकपी गराउँदै गरेको छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!