प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै;

- August 12, 2019 मा प्रकाशित

काठमाडौं, स्वास्थ्य परीक्षण र उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली आज सोमवार स्वदेश फर्किने भएका छन् ।

आज अपराह्न थाइ एयरलाइन्सबाट उनी काठमाडौं फर्किने जनाइएको छ । यसअघि प्रधानमन्त्री ओली शुक्रवार स्वदेश फर्किने भनिएको थियो । त्यसपछि सरेर आइतवार फर्किने भनिएपनि स्वदेश फर्किने कार्यक्रम आज सोमवार सरेको थियो ।

स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्ट आउन समय लागेपछि ओलीको सिंगापुर बसाइ लम्बिएको जनाइएको छ ।

स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्ट सकारात्मक भएको पाइएपछि प्रधानमन्त्री सोमवार दिउँसो स्वदेश फर्कने उनका प्रेस संयोजक डा. कुन्दन अर्यालले बताएका छन् ।

Facebook Comments

प्रतिक्रिया


Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV