ईस्लाम धर्मावलम्बीहरुको दोस्रो चाड ईदुल अजहा हर्सोउल्लासका साथ मनाईदै;

- August 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

लुकमान अन्सारी/सुनसरी , ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो महान चाडपर्व ईदुल अजहा (बकरा–ईद) सोमवार नेपाल अधिराज्यभर हषोल्लासकासाथ मनाईदैछ ।

नेपाल सरकार गृह मन्त्रालयले २०७६ साल श्रावण २७ गते सोमवार ईस्लाम धर्मावलम्बीहरुको महान चाडपर्व ईदुल अजहाको अवसरमा अधिराज्यभर सार्वजनिक बिदा दिने घोषणा गरेपछि हषोल्लासकासाथ सोमवार ईद मनाउन लागिएको हो ।

ईस्लाम धर्मावलम्बीहरुको जम्मा दुईवटामात्र चाडपर्व रहेकोमा पहिलो रमजानुल मुबारकको महिनाको समाप्ति पछि रमजानको रोजामा रहेको कमीकमजोरी पुरा गर्ने उद्देशय साथ खुसियालीमा मनाउने ईदुल फित्र र दास्रो हजरत ईब्राहिम अल्हिस्सलामको सुन्नत कुर्वानी अर्थात ईदुल अजहा रहेको छ । ईदुल अजहा ईस्लामिक पात्रो अनुसार सालको १२ महिनामध्ये अन्तिम महिना जिलहिज्जा १०, ११, १२ गरी तिन दिन सम्म चल्ने चाडपर्व हो । यस चाडपर्वमा मुस्लिमहरु ईदुल अजहाको २ रिकात नमाज ईदगाहमा पढेपछि जनावरको कुर्बानी दिने चलन छ । कुर्बानी ३ दिन सम्म दिन सकिनेछ । हदिशमा उल्लेख भएअनुसार कुर्बानी दिने जनावरको प्रत्येक रौँ का निम्ति एक नेकी अल्लाहको तर्फबाट कुर्बानी दिनेले पाउनेछन् । कुर्बानी प्रत्येक व्यस्क, मुसलमान, स्थानिय र जो कुर्बानीको सामथ्र्य राख्दछन् उनीहरुमाथि अनिवार्य (वाजिब) गरिएको छ । जो कुर्बानीको सामथ्र्य राख्दैन त्रृmण उठाएर कुर्बानी गर्नु हुदैन । कुर्बानीको सामथ्र्य राख्नुभनेको (साहबेनेसाब) साढे सात तोला सुन वा साढे ५२ तोला चाँदीको मालिक हुनु वा सो मुल्यबराबरको नगद वा जिन्सी समान जुन प्रयोग विहिन छ भने कुर्बानी अनिवार्य छ । यदि उसमाथि यति क्षृmण छ कि त्रृmणको रकम कट्टागर्दा साहबेनेसाब हुदैन त्यसमाथि कुरबानी अनिवार्य छैन । यो सर्त कुर्बानीका ३ दिनमा देखिनेछ नकि त्योभन्दा अगाडि र पछाडि ।

कुर्बानीको चलन हजरत इब्राहिम अलेहिस्ससलामको पालादेखि चलिआएको छ तथा अन्तिमदुत हजरत मुहम्मद मुस्तुफा सल्लल्लाहु अलेहिसल्लमका उम्मतकालागि निसानीको रुपमा प्रचलित गरिएको हो ।

हजरत ईब्राहिम अलेहिस्सलामले बुढेसकालको सहाराको रुपमा ८६ वर्षको उमेरमा बिबि हाजराको कोखबाट छोरा ईसमाईल अलेहिस्ससलामलाई पाएको थिए । र सपनामा अल्लाहले आफ्नो निम्ति छोराको बलिदान माग गरेपछि वहाँले आफ्ना छोरालाई सपनाको कुरा सुनाउदै अल्लाहले उसको कुर्बानी माग गरेको बताउँदा छोरापनि आँतुर हुदै है मेरा बुवा हजुरले अल्लाहले भनेको काम तुरुन्त गरी हाल्नुस भन्दै सहमति जनाएका थिए । त्यसपछि ईसमाईललाई कुर्बानी गर्नका निम्ति मिनातर्फ लगिए । ईसमाईलले आफ्ना बुवालाई आँखामा पट्टि बाध्न लगाए । कहिँ छोराको मायामा आएर अल्लाहले भनेको कामबाट पछि नहटुन् भनेर । र ईसमाईलको घाँटीमाथि छुरा रेट्न खोज्दा छुरा चलेन र ईसमाईलको ठाउँमा जन्नतबाट दुम्बा (एक किसिमको जनावर) पठाइयो र त्यसको कुर्बानी गरिए । त्यहीबाट जनावरको कुर्बार्नी दिने चलन आएको हो । यो अल्लाहको तर्फबाट इब्राहिम र उसका छोरा इसमाइलकालागि परीक्षा थिए ।

कुरआन खण्ड २३ सुरह सफ्फाकमा उल्लेख भए अनुसार ईबराहिम अलै.ले आफ्ना ७ वर्षिय छोरालाई भने । “ए मेरो प्रिय छोरा मैले सपनामा तिमिलाई अल्लाहका निम्ति बध (कुर्बानी) गरिरहेको हेरे”, तिम्रो यस विषयमा के विचार छ ?

यसको प्रतिउत्तरमा ईसमाईल अले. ले भने “हे मेरा बुवा हजुर त्यो काम तुरुन्त गरिहाल्नुस् जसको हजुरलाई अल्लाहले आदेश दिनुभयो ।”

यो जवाफ सुन्नु थियो ईबराहिम अले. ले बिबि हाजरालाई भने “ए हाजरा इसमाईललाई तैय्यार गरिदेऊ मेरो सबैभन्दा नजिकबाट निमन्त्रणा आएको छ ।”

जब ईबराहिम अले. ले आफ्ना प्रिय छोरा ईसमाईललाई कुर्बानी गर्न मिना(एक प्रसिद्ध ठाउँ) तर्फ लगियो सैतान आएर हाजरालाई विभिन्न किसिमका बहाना बनाए र भन्न थाले ईबराहिम अले. ले तिम्रो छोरालाई बध गर्न लगेको छ । हाजराले सैतानलाई भने “कुनै बुवा आफ्ना छोरालाई बध किन गरोस्” । सैतानले भने ईबराहिमले अल्लाहका निम्ति ईसमाईलको बध (कुर्बानी) गर्न लागेको हो । यो कुरा सुनेरहाजरार्ले  सैतानसँग भने बल्ल तिमि प्रष्ट कुरा गर्यो अल्लाहकालागि हो भने एक होईन हजार ईसमाईल अल्लाहका निम्ति कुर्बान गर्न तयार छु ।

ईसमाईलको आमा हाजरालाई पथभ्रष्ट गर्न नसकेपछि सैतान ईसमाईललाई पनि पथभ्रष्ट गर्ने कोशिस गरे तर सकेन । ईसमाईलले पनि सैतानलाई आमाले दिएकै जवाफ दिए । मिनाको मैदानमा ईसमाईलले आफ्ना बुवालाई भने “हे मेरा बुवा छुरा तेज गरी हाल्नु, आखाँमा पटिट बाँधिहाल्नु, अलि बर भएर बध गर्नु र मेरो रगत लागेको लुगा सम्झनाकोलागि मेरी आमा हाजरालाई दिनु । ईब्राहिमले पनि छोराले भनेको जस्तै गरे र ईब्राहिमको घाँटीमा छुरा चलाउनु के थियो छुरा चलेन र त्यत्तिकैमा फरिश्ता जिब्रईल जन्नतबाट डुम्बा लिएर आए । डुम्बा लिएर आएपछि ईब्राहिमले यो सोचे कि सायद अल्लाहलाई मेरो कुर्बानी मन परेन । मलाई आफनो परिक्षामा फेल नगर भन्ने मनसायसाथ ईब्राहिम अले. को मुखबाट यो वाक्य निस्कन पुग्यो । “अल्लाहु अकबर, अल्लाहु अकबर” अल्लाह सबैभन्दा महान हुन्, अल्लाह सबैभन्दा महान हुन् ।

ईब्राहिम अलेहीस्सलाम को धैर्यता र हिम्मत हेरेर जन्नतबाट जनावर लिएर आएको फरिश्ता जिब्रईलकोे मुखबाट “लाईलाह इल्लल्लाहु वल्लाहु अकबर” अल्लाह बाहेक कोहि पुज्य छैनन् र अल्लाह सबैभन्दा महान हुन् । यो सब हेरेर ईसमाईलले मनमा थान्यो सायद अल्लाहले मलाई कबुल गरेन जस्तो छ र ईसमाईल ले भने “अल्लाहु अकबर वलिल्लाहील्हम्द” अल्लाह सबैभन्दा महान् हुन् र सबै प्राथना अल्लाह कै लागि हुन् । यो तिन वाक्य अल्लाहलाई एकदम मन परे र यो वाक्य कुर्बानीको तिनै दिनमा यो तकबीरात पढिन्छ । अल्लाहु अकबर, अल्लाहु अकबर, लाईलाह ईल्लल्लाहु वल्लाहु अकबर, अल्लाहु अकबर वलिल्लाहिल हम्द । यो हदीश हजरत अब्बास रजिअल्लाहो अनहो बयान गर्नुभएको छ र  इमाम हाकीमले इबने कसीरले पनि उल्लेख गरेकोछ ।

जैद ईब्न अकरम रजिअल्लाहतआला अन्होको भनाई अनुसार एक पल्ट सहाबाहरुले आखिरी नबी हजरत मुहम्मद मुस्तफा सल्लल्लाहु अलैहिसल्लमसँग साधे है नबी यो कुर्बानी के हो? नबी सल्लललाहुअलेहीसल्लमले भन्नुभयो यो कुर्बानी तिम्रा बुवा ईब्राहिम अले.को सुन्नत हो । फेरि सहाबाले प्रश्न गरे कुर्बानीको बदलामा हामीले के पाउनेछौँ? हजुर सल्लललाहु अलेही सल्लमले भन्नुभयो कुर्बानीकोे हरेक रौँका निम्ति एक नेकी(पुण्य)छ ।(ईब्न माजा, तिर्मिजी)

ईस्लाम धर्मावलम्बीहरुको पवित्र ग्रन्थ कुरआन मजीदको सुरह कोसर आयत नं.३ मा आफ्ना पालनहारका निम्ति नमाज पढ्न र कुर्बानी गर्ने आदेश दिइएको छ ।

आएशा रजिअल्लाहो अन्हाको भनाई अनुसार “कुर्बानीको दिन रगत बगाउनुभन्दा प्रिय अल्लाहलाई कुनै काम मान्य हुने छैन र त्यो जनावर महाप्रलयको दिन आफ्नो सिंग, रौँ र रगतका साथ आउनेछन् र कुर्बानीको रगत भुइँमा खस्नुपुर्व अल्लाहलाई मान्य भईहाल्छ ।”(अबुदाउद, तिर्मिजी,ईब्न माजा)

कुरआनमा भनिएकोछ अल्लाह समक्ष न त कुर्बानी गरिएको जनावरको रगत नै पुग्ने छ नत मासु नै केवल कुर्बार्नी गर्ने व्यक्तिको नियत र अल्लाहका निम्ति उसको हृदयमा भएको डर (तकवा) पुग्नेछ ।

कुर्बानी गर्नेले जिल्हिज्जा महिनाको चाँद देखेपछि नङ्ग र कपाल नकाट्नु र कुर्बानीको दिन त्यो नङ्ग र कपाल कुर्बानीको नियतले काट्नु कुर्बानीको सवाब रहेको छ । यो अनिवार्य होईन सुन्नत हो । र यो हदीश मुत्तफक अलै रहेको छ । (ईमाम दारमी सुनन्, मुस्लिम, तिर्मिजी, अबुदाउद, ईमाम नाफेह, ईब्न माजा, अहमद ईब्न हम्बल, बुखारी सरीफ)

अब्दुल्लाह ईब्न अम्र ईब्न आश नबी सं.लाई भने एउटा छ महिनाको बाख्राको बच्चा छ र त्यो दुध खाईरहेको छ त्यसको ईलावा अरु केहि छैन के म त्यो बाख्राको बच्चा कुर्बानी गरिदेऊ? नबी सं.ले भने तिमि त्यो बाख्राको बच्चा कुर्बानी नगर त्यसको बदलामा नमाजपछि नङ्ग र कपाल काट । (अबुदाउद)

कुरआनको सुरह २२ सुरह हद आयत ३६, ३७ मा भनिएको छ ।  कुर्बानीको मासु आफुपनि खानु, अरुलाई पनि खुवाउनु र जो माग्न आउछ उसलाई पनि र जो आउदैन त्यसलाई पनि । कुर्बानीको मासु बितरण गर्दा गरीब तथा जो कुर्बानी गर्ने सामथ्र्य राख्दैन त्यस्तालाई विशेष ध्यानमा राख्नुपर्दछ । र आफ्ना नातेदार , छिमेकीहरुको पनि ध्यान राख्नु जरुरी छ । यदि छिमेकी गैरमुस्लिम छ भने पनि कुर्बानीको मासु दिन सकिन्छ वा गैर मुस्लिम कुर्बानीको मासु माग्न आए दिन सकिन्छ । समान्यता कुर्बानीको मासुलाई ३ भागमा गरी एक भाग आफु राख्ने, एक भाग नातेदारहरुमा र एक भाग गरीब तथा विपन्न वर्गमा वितरण गनु उत्तम हुन्छ । यसरी वितरणगर्दा पुण्य पनि पाईनेछ ।

कुर्बानी पुर्व यो दुवा पढ्नुपर्ने हुन्छ “ईन्नी वज्जहतो वजहिय लिल्लजी फतरस्समावाती वलअरजी हनीफँम वमा अना मिनल मुसरेकिन इन्नस्सलाती वनुसुकी वमहयायी वममाती लिल्लाही रब्बीलेआलेमीन् लासरिक लहु वबिजालिक उमिरतो वअना ओव्वलुलमुसलमिन ।”

कुर्बानी पश्चात यो दुवा पढ्नुपर्ने हुन्छ “अल्लाहुम्मा तकब्बल मिन्नि कमा तकब्बलतो मिन खलिलिक ईबराहिम अलेहिस्सलाम वहबिबिक मुहम्मद सल्लल्लाहु अलेहिसल्लम ।”

यदि कुरबानी अरु कसैको तर्फबाट हो भने मिन्निको ठाउँमा मिन् भनेर उसको नाम लिनु जरुरी छ र यदि ७ जना समावेश छ भने सात जना कै नाम लिनुपर्छ ।

जनावरलाई किब्ला तर्फ मुख हुनेगरी बिस्मिल्लाह अल्लाहुअकबर का साथ धारिलो हतियारले छिटोछिटो बध जबह गर्नुपर्दछ ताकि जनावरको कमसेकम ४ वा ३ वटा नसा कटिहालोस् ।

कुर्बानीको जनावर अन्धो, कान कटेको, खुट्टा भाँचेको वा कुनैपनि किसिमको बदगुण हुनु हुदैन । र कुर्बानी गर्न लागिएको जनावर मनपसन्द लोभलाग्दो हुनुपर्दछ । ठुलो जनावर छ भने ७ जनासम्म समावेश हुन सक्नेछन् । जस्तै गाई, भैसी, उँट, ईत्यादि र सानो जनावर छ भने एक जनाले मात्र कुर्बानी दिन पाउनेछन् । जस्तै बाख्रा, बोका, खसी , डुम्बा, भेडी आदि । कुर्बानी दिनसक्ने सामथ्र्य हुदाहुदै कुर्बानी गर्न नसक्नेले कुर्बानीको जनावरको मुल्य बराबर दान (सदका) गर्नुपर्दछ । नकि अर्को वर्ष एक जनावरको ठाउँमा दुई वटा जनावर कुर्बानी गर्नु ।

हजरत अली रजिअल्लाह तआला अनहोका अनुसार नबी करीम सल्लल्लाहु अलेही सल्लमले भन्नुभयो जनावरको आँखा कान राम्ररी हेर्नु र र त्यो जनावरको कुर्बानी नगर्नु जसको कानको अगाडिको भाग कटेको होस्, नउसको पछाडिको कानको भाग कटेको होस्, वा कान च्यातिएको होस् वा कानमा प्वाल होस् । यो हदीसबाट पुष्टि हुन्छ कि जनावरमा कुनैपनि किसिमको बदगुण हुनुहुदैन ।

कुरबानीको रगत जमीनमा खस्नुपुर्व अल्लाहको पुगीन्छ र कुरबानी खुसदिलि र सवाब पाउने नियतले गरिएको छ भने महाप्रलयको दिन जहन्नमको आगौबाट बचाउने ढालको रुपमा कुर्बानी अगाडि बढेर आउछ । देखाउनकोलागि गरिएको कुर्बानीबाट कुर्बानी गर्ने सवाब पाउनबाट बन्चित हुन पुग्दछ । कुरबानी अल्लाह तआलाको खुसीका निम्ति हुनुपर्दछ न कि अरुलाई देखाउने मनसायले । अल्लाह तआला कुर्बानी गर्ने मानिसको नियत हेर्नेगर्छ र नियतको परीक्षाका निम्ति कुर्बानी गर्न लगाइएको छ । मनुष्य जति देखाउनको लागि कुर्बानी गर्न लागिएको भने त्यसको पुण्यमा त्यतिनै कमी आउन पुग्दछ ।

हदीशमा हजुर सल्लललाहुअलेहीसल्लमले भन्नुभएको कुर्बानी गर्ने क्षमता हुदाहुदै कुर्बानी नगर्ने व्यक्ति हाम्रो ईदगाह नआओस् । यो हदीस हजरत अबुहुरैरा रजिअल्लाह अन्होले बयान गर्नुभएको छ । (इब्न माजा) तर जो कुर्बानी गर्न सक्ने क्षमता राख्दैन उनीहरुमाथि कुर्बानी गर्नु अनिवार्य(वाजिब) छैन । कुर्बानी आफ्ना पुर्खाहरु बुवा, हजुरबुवा तथा अन्य नातेदारको नाममा पनि गर्न पाउने छन् तर पहिला जसमाथि कुर्बानी अनिवार्य गरिएको छ वा कुर्बानी गर्न सक्ने क्षमता छ आफ्नो हिस्साको कुर्बानी गरे मात्र अरुको नाममा कुर्बानी गर्न पाउनेछन् ।

मुसलमानहरु यही अन्तिम महिनामा ईस्लामका पाँच खम्बाहरुमध्ये एक खम्बाको रुपमा रहेको हज पवित्र धार्मिक स्थल साउदी अरबको मक्काको काबाकोको जियारत गरेर मनाईन्छ । यसपटक २०७६ सालमा नेपालबाट पनि लगभग १५०० जना हाजीहरु हज गर्नका निम्ति मक्का पुगेकाछन् । कुर्बानीका दिनहरुमा प्रत्येक हाजीले आफ्नो तर्फबाट कुर्बानी गर्नु अनिवार्य छ । यस वर्षको कुर्बानीले मानवता, आपसी सदभाग, भाइचारा कायम गरुन् विश्वभर शान्ति छाउन् । आमीन्


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!