सस्तो भएर आयो रोयल इन्फिल्डको बुलेट बाइक, ३५० सिसिको १ लाख २७ हजार मात्र !

- August 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोयल इन्फिल्डले कम मूल्यको बुलेट ३५० र बुलेट ३५० ईएस बाइक लन्च गरेको छ । बुलेट ३५० को स्ट्यान्डर्ड मोडल कालो रङमा मात्र उपलब्ध छ । कम मूल्यको बाइक बुलेट सिल्भर, सफायर ब्लु र अनिक्स ब्ल्याकमा उपलब्ध रहेको छ । नयाँ बुलेट ३५० ईएस जेट ब्ल्याक, रिगल रेड र रोयल ब्लु रङमा उपलब्ध रहेको छ । स्ट्यान्डर्ड ३५० ईएस पहिला मरुन र सिल्भर रङमा आउथ्यो । बुलेटको दुई भेरिएन्टमा मात्र कस्मेटिक परिवर्तन गरिएको छ । स्ट्यान्डर्ड बुलेटमा भएको क्रोमको केही भाग हटाएर कालो रङले फिनिसिङ गरिएको छ । नयाँ ३५० ईएसको इन्जिन ब्ल्याक र क्र्यांक केसमा ब्ल्याक फिनिसिङ गरिएको छ भने नयाँ बुलेट ३५० को इन्जिन र क्र्यांक केसमा सिल्भर फिनिसिङ गरिएको छ ।

नयाँ ३५० को फ्युल ट्यांकीमा रोयल इन्फिल्डको सामान्य लोगो राखिएको छ र यो स्ट्यान्डर्ड बुलेट ३५० भन्दा फरक रहेको छ । नयाँ ३५० ईएसको फ्युल ट्यांकीको लोगोमा केही परिवर्तन गरिएको छैन । बुलेटको दुबै भेरिएन्टको इन्जिनमा मेकानिकल रुपमा केही परिवर्तन गरिएको छैन । यसमा स्ट्यान्डर्ड बुलेटमा रहेको ३४६ सीसी, सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन जडान गरिएको छ । जसले १९.८ एचपीको पावर र २८ एनएमको टर्क जेनेरेट गर्छ ।

सो बाइकको मूल्य क्रमशः १ लाख १२ हजार र १ लाख २७ हजार भारु रहेको छ । स्ट्यान्डर्ड मोडलको तुलनामा नयाँ बाइक लगभग ९ हजार सस्तो रहेको छ । स्ट्यान्डर्ड रोयल इन्फिल्ड बुलेट ३५० को मूल्य १ लाख २१ हजार र स्ट्यान्डर्ड ३५० ईएसको मूल्य १ लाख ३६ हजार भारु रहेको छ । साभार।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!