दुधका कारण अबको १० वर्षमा ४० प्रतिशतमा क्यान्सरको खतरा

- August 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नक्कली दुध बनाउन प्रयोग गरिने केमिकल तथा अन्य खतरानाक रसायनका कारण क्यान्सर तथा ट्यूमर जस्ता खतरानाक बिरामीको संख्या बढिरहेको छ मिलावट गरिएको दुधको सेवनले क्यान्सर र ट्यूमरको खतरा बढ्दै गएको क्यान्सर रोग विशेषज्ञ डा. अर्पण चतुरमोहताको भनाई छ उनका अनुसार नक्कली दुधमा प्रयोग गरिने केमिकल तथा रसायनका कारण मानिसहरु क्यान्सर तथा ट्युमर जस्ता प्राणघातक रोगको शिकार भइरहेका छन् ।

सिन्थेटिक अर्थात पाउडर दुध यूरिया, डिटरजेन्ट, कास्टिक सोडा तथा कैयौं खतरानाक केमिकल मिलाएर बनाइन्छ जसको सेवनका कारण दिन प्रतिदिन क्यान्सर तथा ट्यूमर जस्ता प्राण घातक रोगका विरामी बढ्दै गएका हुन् ।

डाक्टर चतुरमोहताले सिन्थेटिकी दुधको बढ्दै गएको प्रयोगले सन् २०३० सम्ममा करिब ४० प्रतिशत मानिस क्यान्सर तथा ट्यूमरको सिकार बन्ने चेतावनी दिए मिलावटी दुधका कारण पेटको क्यान्सर, ब्रेष्ट क्यान्सर जस्ता विरामी तीब्र गतिमा बढ्दै गएका छन् मिलावट गरिएको तथा त्यसबाट बन्ने अन्य उत्पादनका कारण यस्तो खतरा रहेको चिकित्सकहरुको भनाई छ । साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!