सगरमाथा पुग्न ५० मिटर मात्र बाँकि हुँदा श्रीमतीको मृ*त्यु भएपछि, पत्नीको श*व नाघेर पति पुगे सगरमाथाको चुचुरोमा

- August 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सगरमाथाको चुचुरोमा पुग्नै लाग्दा पत्नीको अक्सिजन सिलिण्डर रित्तियो । स्वास फेर्न कठिन भएपछि पुक्लुक्क ढलिन् । पतिले बचाउन प्रयास गरे तर सकेनन् । शिखरभन्दा ५० मिटर तल पत्नीको मृ*त्यु भयो । पतिले बोलाउँदा बोलिनन् । पतिले हेर्दाहेर्दै प्राण गयो । १५ मिनेट जति शव छेऊ बसे । अन्तमा उनका गाइड शेर्पाले लामो समय बसिरहे अक्सिजन सकिएर पतिको पनि ज्यान जाने बताए । पति पत्नीको श*व नाघेर चुचुरोतर्फ उक्ले ।

पत्नीवियोग छातिभित्र दबाएर सगरमाथाको चुचुरोमा पुगेका पति हुन् भारतका शरद कुलकर्णी । सगरमाथाको चुचुरोमा पुग्न लागेको लाइनले उद्दार समेत ढिलो भयो । इन्डियन एक्सप्रेसका अनुसार कुलकर्णी दम्पत्तिले पाँच वर्ष यता सगरमाथाको चुचुरोमा पुग्न तयारी गर्दै आएका थिए ।

पति पत्नी दुवैको सगरमाथाको चुचुरोमा पुग्ने सपना पूरा भएन । शरद चुचुरोमा पुगे, अञ्जली ५० मिटर नजिक मात्र पुग्न सकिन् । शेर्पा गाइडले तानेर नलगेको भए शरद पनि जिवित फर्कने सम्भावना कमै थियो । चुचरोमा पुग्ने भीडका कारण भएको अलमलले उनको अक्सिजन सकिदै थियो । अक्सिजन सकिएकैले अञ्जलीको चुचुरो नजिकै ज्यान गयो ।अञ्जलीको श*व निकालेर भारत पु¥याउन सात दिन लाग्यो । साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!