जनमत पार्टीद्वारा कोहलपुरमा कार्यकर्ता प्रशिक्षण सम्पन्न;

- August 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नेपालगञ्ज, जनमत पार्टीले शनिबार बाँकेको कोहलपुर १५ मा कार्यकर्ता प्रशिक्षण सम्पन्न  गरेको छ ।  कोहलपुरमा जनमत पार्टीले आफ्नो पकड बनाउने उद्देश्यले प्रशिक्षण तथा संगठन बिस्तारमा जोड दिएको दावी गरेको छ ।

जनमत पार्टीका सम्पूर्ण युवाहरुलाइ प्रशिक्षण दिई गाँउगाँउमा परिचालन गरि जनतालाई जागरुक बनाउने उद्देश्यसाथ लगातार  प्रशिक्षणहरु चलाइएको जनमत पार्टीका नेता  ए.के.आजादले जानकारी दिनुभयो ।

पार्टीको कोहलपुर –१४ का संयोजक बिष्णु खटिकको अध्यक्षतामा भएको कार्यक्रममा जनमत पार्टीका नेता इरफान अहमद शेष तथा ए.के आजाद,मोहम्मद हुसेन शाह लगायतले प्रशिक्षण ििदनुभयो ।

जनमत पार्टीले कोहलपुरमा थप दुई वडामा आगामी साता प्रशिक्षण गरिने जनाएको छ । आउने साता २ वटा वडा भेला गरि प्रशिक्षण दिने योजना रहेको जानकारी नेता शेषले बताउनुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!