अनुदानको रकम बैंकमा राखेर् ब्याज खादै;कृषिमन्त्री खनाल

- August 11, 2019 मा प्रकाशित

काठमाडौं,  नेकपा अध्यक्ष केपी शर्मा ओलीको मन्त्रिपरिषद्का सदस्यहरूको कमाउधन्दाले सामान्य किसानहरूसमेत मारमा पर्न थालेका छन् ।

नेपाललाई आत्मनिर्भर बनाउने भन्दै उखु किसानलाई राष्ट्रिय ढुकुटीको रकमसमेत ओली सरकारका मन्त्रीहरूले बैंकमा ब्याजमा लगाएर खाइरहेको तथ्य आउन थालेका छन् ।

चिनीमा आत्मनिर्भर बनाउने भन्दै सरकारले उखु किसानका लागि दिएको अनुदानले यतिबेला विभागीय मन्त्री मात्रै आत्मनिर्भर बनिरहेका छन् । कृषिमन्त्री चक्रपाणि खनालले उखु किसानको अनुदान रकमसमेत ब्याजमा लगाएर खाइरहेको किसानहरूले बताएका छन् ।

उखु किसानको रकमले मात्र नपुगेर मन्त्री खनाल अहिले उपभोक्ताबाट समेत खाने गरी चिनीको मूल्यसमेत बढाउने तयारीमा लागेका छन् ।

गत वर्ष चिनी आयात रोकेर मन्त्रीहरूलाई मालामाल बनाएका प्रधानमन्त्री ओलीले अहिले पनि चिनीको मूल्य बढाउन मन्त्री खनाललाई निर्देशन दिएको बताइएको छ ।

मन्त्री खनालले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उखु किसानका लागि अर्थबाट निकासा भएको अनुदान रकम समेत रोकेर राखेका छन् ।

अहिलेसम्म उखु किसानले पाउनुपर्ने झन्डै ३ अर्ब रकम रोकेरमात्र नराखेको र बैंकमा ब्याजमा लगाएर ब्याजसमेत खाइरहेको किसानहरू बताउछन् । मन्त्री खनालले रूपन्देही बाहेकका जिल्लामा उखुको अनुदान वितरण नै गरेका छैनन् ।

आर्थिक वर्ष २०७४÷२०७५ मात्रै १ करोड ४२ लाख रकम किसानलाई तिर्न बाँकी छ । यो रकम उनले केमा खर्च गरेका छन् । त्यसको विवरण उखु किसानले माग गरेका छन् । यो आर्थिक वर्षको जोड्ने हो भने झन्डै तीन अर्ब रकम मन्त्री खनालले रोकेर राखेका छन् ।

अहिले उखु किसानले पाउने अनुदानबापतको रकमको ब्याज मात्रै मासिक कति आउँला ? त्यो रकम कृषिमन्त्री खनालले खाइरहेका छन् । यो अहिलेको मात्र इतिहास हैन ।

मुलुकमा उखु खेतीको इतिहास करिब ६३ वर्ष पुरानो छ । २०१० सालदेखि उखुको खेती सुरु भएको हो र अहिलेसम्मका सबै कृषिमन्त्रीले किसान ठग्ने काम मात्र गरेका छन् ।

वार्षिक २० अर्बभन्दा बढी लगानी भएको नेपालका चिनी उद्योगबाट भारतको मार्ग हुँदै आएको चिनीमा मात्र कति घोटाला भएको थियो । त्यसको विवरण गतवर्षको लेखा समितिले दिइसकेको छ ।

अर्थमन्त्री युवराज खतिवडा, उद्योगमन्त्री मात्रिका यादवदेखि कृषि मन्त्रीसम्मलाई कारबाही गर्नू भनेर लेखा समितिले पठाएकै हो । अहिले पनि न्यूनतम नेपालको चिनी उद्योगमा २० अर्बभन्दा बढी लगानी छ । स्वदेशको मागअनुसार चिनी उत्पादन नहुँदा बर्सेनि १५ अर्बभन्दा बढी मूल्य बराबरको चिनी आयात हुँदै आएको छ ।

काठमाडौं चिनीको बजार मूल्यको विषयमा सार्वजनिक लेखा समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच विवाद देखिएको छ । समितिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न निर्देशन दिएपछि विवाद देखिएको हो । अहिलेको समेत जोड्दा किसानले पाउनुपर्ने रकम ३ अर्बभन्दा बढी भइसकेको छ ।

सुरुमा भएको सहमतिअनुसार चिनी मिलले किसानलाई भुक्तानी दिने सहमति भएको थियो । तर, ओली नेतृत्वमा सरकार गठन भएपछि रकम निकासा नै बन्द भएको छ ।

चालू वर्षको लागि १ अर्ब २५ करोड दिनुपर्नेमा बजेटमा सरकारले ७५ करोड मात्रै छुट्ट्याएको छ । यो रकम पनि किसानले पाएका छैनन् ।

अहिले सरकारले रकम बढाएको र अनुदानसमेत नदिएको भन्दै चिनीको मूल्य बढाएका छन् । उनीहरूले सरकारलाई चिनीको भाउ प्रतिकेजी १५ रुपैयाँ बढाउन सिफारिस दिन थालेका छन् ।

किसानलाई दिएको अनुदानसमेत सरकारले खाने र कृषि उत्पादन बढाउने भन्न नीतिले ओली सरकार कमाउनभन्दा अरूमा नलागेको कृषकहरूको भनाइ छ ।

किसानहरूले पनि प्रधानमन्त्री ओलीकै अगाडि मूल्य नबढाउने सहमति गरेका थिए तर, अहिले थोरै पैसा पेल्दैमा करोडौं नाफा हुने भएपछि व्यवसायीहरूले पनि प्रतिबद्धता विपरीत चिनीको मूल्य बढाउन चलखेल सुरु गरेका छन् ।

व्यवसायीले बढाउने मूल्यमा भने कृषिमन्त्री खनाल मूकदर्शक बनेका छन् । सरकारले निर्धारण गरेको उखुको मूल्यमा चित्त नबुझेको भन्दै चिनी उद्योगीहरूले गत वर्षदेखि नै स्टक रहेको चिनीको मूल्यमा वृद्धि गर्दै प्रतिकेजी ७८ रुपैयाँ १० पैसा पु¥याएका थिए । यद्यपि सो रकम सरकारले अनुमोदन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

व्यवसायीका अनुसार चिनीको मूल्य सरकारले बढाएमा चिनी प्रतिकिलो बजारमा आइपुग्दा करिब एक सय रुपैयाँसम्म पुग्न सक्ने आकलन गरेका छन् ।

नेपाल चिनी उद्योग संघले चिनीको कारखानाद्वार मूल्य ७८ रुपैयाँ १० पैसा हुनेगरी त्यसको हिसाब सरकारलाई बुझाएका छन्, देशान्तरमा उल्लेख छ ।

यसअघि चिनी कारखानामा चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ रहेको र सामान्य समायोजन गर्दा चिनीको मूल्य प्रतिकेजी ७८ रुपैयाँ १० पैसा पुगेको थियो ।

र, यो रकम खाएको भन्दै लेखा समितिले तीनजना मन्त्रीलाई कारबाही गर्न अख्तियारलाई पत्र लेखेको थियो । तर, अख्तियारले उनीहरूमाथि कारबाही त के सोध्ने आँटसंम्म गरेन । 

Facebook Comments

प्रतिक्रिया