मेगा बैंकको ठगीधन्दामा राष्ट्र बैंकको गएन ध्यान : बैंककै कर्मचारीको मिलिमतोमा कर्जाको लागि कमिसन

- August 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)


काठमाडौं । मेगा बैंकबाट कर्जा प्राप्त गर्नको लागि कमिसन नै बुुझाउनुुपर्ने गरेको घटना बाहिरिएको छ । मेगा बैंकबाट एसएन सप्लायर्सको नाउँमा स्वीकृत भएको चार करोड ८० लाख रुपैयाँ कर्जा मध्यस्थकर्ताले कमिसनबापत पाएको चेक भुक्तानी नभएपछि उक्त घटना बाहिरिएको हो । उक्त कर्जा प्रकरणसँग जोडिएका व्यक्तिहरुबाट प्राप्त प्रमाणअनुसार एसएन सप्लायर्सका प्रोप्राइटर नारायण अधिकारीले हाईपोथिकेसनअन्तर्गत आफ्नो गोदाममा भएको काठहरु धितो राखेर मेगा बैंकको धनगढी शाखामा छ करोड रुपैयाँको हाराहारीमा कर्जा प्राप्त गर्नको लागि आवेदन दिएका थिए ।

उक्त कर्जाको लागि मध्यस्थकर्ताको रुपमा उभिएका व्यक्ति थिए, पद्म भट्ट । पद्म भट्टले उक्त कर्जाको लागि हरेराम चौलागाईंलाई मध्यस्थकर्ताको जिम्मा दिए । ऋणी र बैंकको आपसी समझदारीमा भट्ट र चौधरीले उक्त कर्जाको लागि मध्यस्थकर्ताको भूमिका खेले पनि धनगढी शाखाले कर्जाको परिमाण ठूलो भएकाले उक्त परिमाणमा कर्जा दिन नसक्ने भन्दै कर्जाको फाइल मेगा बैंककै जावलाखेल शाखामा ‘फरवार्ड’ गरिदियो भन्दै आर्थिक दैनिकमा हिमेश विकले समाचार लेखेका छन् ।।

मेगाको जावलाखेल शाखाले पनि अधिकारीले एसएन सप्लायर्सको नाउँमा माग गरेको छ करोड रुपैयाँ कर्जा दिन नसक्ने जानकारी दिँदै उक्त फाइल मेगा बैंककै महाराजगञ्ज शाखामा पठाइदियो । तत्कालीन समयमा मेगाको महाराज शाखा प्रमुुखको रुपमा तपराज जोशी रहेका थिए । शाखा प्रमुुख जोशी र मध्यस्थकर्ता चौलागाईंको बीचमा राम्रो सम्बन्ध रहेको कारण सोही सम्बन्धलाई उपयोग गर्दै चौलागाईंले शाखा प्रमुुख जोशीलाई जसरी पनि उक्त कर्जा स्वीकृत गर्न आग्रह गरे ।

अधिकारीको एसएन सप्लायर्सलाई उक्त कर्जा दिलाउन सकेमा कर्जा दिलाएबापत कमिसनस्वरुप भट्टले ठूलो परिमाणमा रकम पाउने र यसबाट भट्टमार्फत आफ्नो फसेको रकम पनि फिर्ता आउने भएपछि चौलागार्ईंले जसरी पनि एसएन सप्लायर्सलाई कर्जा दिन शाखा प्रमुुख जोशीलाई आग्रह गरे । सोही आग्रहअनुुसार आफूले पनि केही रकम पाउने भएपछि बैंकका तत्कालीन शाखा प्रमुुख जोशी पनि एनएस सप्लायर्सलाई कर्जा दिन तयार भए । सोहीअनुरुप मेगा बैंकको महाराजगञ्ज शाखाले एनएस सप्लायर्सलाई हाईपोथिकेसन शीर्षकमा चार करोड ८० लाख रुपैयाँबराबरको कर्जा स्वीकृत ग-यो ।

कर्जा स्वीकृत भएपछि मध्यस्थकर्ता भट्ट, चौलागाईं, बैंकका शाखा प्रमुुख जोशी र लिलाधर जोशी समेतले पाउने कमिसनका बारेमा विवाद उत्पन्न भयो । तर सबैले मिलेर उक्त विवादलाई समाधान गरे । उक्त कर्जा स्वीकृत भएपछि कमिसनबापत मात्र झण्डै ४० लाख रुपैयाँ आएको स्रोतले बताएको छ । उक्त रकम चार जनालाई बराबर मात्रामा बाँड्ने सहमति भए पनि तीन जना व्यक्तिले धेरै रकम लिए । उनीहरुको चेक पनि साटियो । तर कमिसनबापत पाएको लिलाधर जोशीको नाउँमा काटिएको १० लाख रुपैयाँको चेक साटिएन ।

एसएन सप्लायर्सकै नारायण अधिकारीले जोशीको नाउँमा वि.सं. २०७५ मंसिर १२ गते उक्त रकम बराबरको एकाउन्टपेयी चेक दिएका थिए । उक्त चेकमा उल्लिखित रकम कुमारी बैंकको खाता नम्बर ३५०९५२४६९०१०८०१९ मा जम्मा गरिदिनुु भन्दै उक्त चेक कुमारी बैंकमा फिर्ता भयो । तर उक्त चेकमा पर्याप्त रकम नभएको भन्दै कुमारी बैंैकले जोशीको नाउँमा जारी भएको उक्त चेक रद्द (क्यान्सिल) गरिदियो । जोशीको उक्त चेक साटिएको खण्डमा मध्यस्थकर्ता भट्टले पनि त्यसबापत केही रकम पाउँथे । तर चेक नसाटिएपछि उनीहरुबीचको कमिसनको विवाद छताछुल्ल भएको हो ।

उक्त घटनाको बारेमा मेगा बैंकका प्रमुुख सूचना अधिकारीको रुपमा रहेका नायब महाप्रबन्धक तुुल्सीराम पोखरेलले तपराज जोशीले पहिला मेगाको महाराजगञ्ज शाखा प्रमुख र जावलाखेल शाखा प्रमुुखको रुपमा पनि काम गरेको बताए । उनले भने, ‘उहाँ अहिले मेगा बैंक छोडेर धनगढी शाखाको प्रमुखको रुपमा रहनुुभएको छ, उहाँले जतिसम्म मेगामा काम गर्नुुभयो, राम्रो कर्मचारीको रुपमा काम गर्नुुभएको थियो, बैंकले पनि राम्रो कर्मचारीको रुपमा लिएको हो, ऋण दिँदा कमिसन खायो भन्ने बारेमा कतैबाट पनि कुरा नआएको उनले बताए ।

यदि आएको भए तत्काल हामी काम गथ्र्यौँ, तर बजारमा जुुन रुपमा ऋण दिँदा कमिसन खायो भन्ने कुरा आयो, जोशी त्यस्तो मान्छे होइन, यो कुरालाई जोडेर बैंकको इमेज बिग्रिने गरी समाचार नलेख्नुुहोला, बैंक र मिडिया एक आपसका सहयोगी हौं, हामीलाई तपाईंहरु चाहिन्छ, तपाईंहरुलाई हामी ।’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!