‘तिम्रो त्यो नसालु’ बोलको गीत भिडियो सहित सार्वजनिक;

- August 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । ‘तिम्रो त्यो नसालु’ बोलको गीत सार्वजनिक भएको छ । सन्तोष कालिकोटेको शब्द, सङ्गीत तथा स्वर रहेको गीतमा एरेन्ज भने रिकेश गुरुङको सुन्न सकिन्छ । गायक कालिकोटेको यसअघि ‘छटपटि’ ‘गुन्द्रुक मिठो’, जालैमा जालैमा लगायतका गीतहरु चर्चित रहेका थिए ।

रोमान्टिक शैलीमा बनेको गीतलाई निशान घिमिरे कस्यपले निर्देशन गरेका हुन्।  जहाँ जय रसाइली र रिमा बिस्वकर्मा फ़िचर्ड छन् । जहाँ दुईको क्यामेस्ट्री रोमान्टिक देखिएको छ ।

गोदावरी आसपासका स्थानमा खिचिएको गीतमा समरा जोसीको मेकअप,बुद्ध थापाको छायाकन र बिकास दाहालको सम्पादन देख्न सकिन्छ।  गीतलाई निर्माण भने लक्ष्मी रसाइली र ललिता श्रेष्ठले गरेका हुन् ।

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!