कानुनको दायरामा आई व्यवसाय गर्न ग्रिल अध्यक्ष कटुवालको निर्देशन

- August 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले सबै ब्यवसायीहरुलाई ब्यवस्थित र मर्यादित भई कानुनी दायरामा आई आउन निर्देशन दिएका छन् । अध्यक्ष कटुवालले काठमाडौं ग्रील तथा स्टील ब्यवसायी महासंघ कपन शाखाको तेश्रो साधारण सभालाई सम्बोधन गर्नेक्रममा सो निर्देशन दिएका हुन । उनले देशभरि रहेका ११ हजार ग्रील तथा स्टील उद्योग ब्यवसायीहरुलाई सरकारले ल्याएको न्युनतम परिश्रमिकलाई कार्यान्वयन गर्न आग्रह समेत गरेका छन् ।

सामाजिक सुरक्षा कोष र अनिवार्य प्यान लिने बिषयमा सम्बन्धित मन्त्रालयहरुसंग साना उद्योगीहरुले सहज किसिमले लागु गर्न उपयुक्त वातावरण बनाई दिन केही समयको माग भैरहेको बताउदैं सबैले आफनो क्षेत्रमा तयार रहन आग्रह अध्यक्ष कटुवालले गरेका छन् । उनले ग्रील तथा स्टील ब्यवसायीहरुका समस्या समाधानको लागी महासंघ लागी रहेको बताएका छन् । अध्यक्ष कटुवालले उत्कृष्ट ग्रील उद्योगीहरुलाई सम्मान गर्दैे ब्यवसायीहरुलाई ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ सम्बन्धि र भ्याट प्यान सम्बन्धि बृतचित्र सहित संप्ति जानकारी गराईएको थिए । ग्रील तथा स्टील ब्यवसाय संघ कपन एकाईका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले हालैं सरकारले ल्याएको सामाजिक सुरक्षा कोष र कर्मचारीहरुको प्यान कार्ड बनाई बंैक मार्फत तलब दिन तत्काल नसकिने बताउदै ग्रील तथा स्टील ब्यवसायीहरुलाई त्यसबारेमा सुसुचित गरेर मात्र सहभागी गराउन सकिने भएकोले कम्तीमा १ बर्षको समय थप्ने ब्यवस्था मिलाउन आग्रह गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!